कोरोनाबारे तरुण दलको अपील, देशभरिका तरुणलाई सर्तक रहन निर्देशन

काठमाडौं । नेपाल तरुण दलले नोबेल कोरोनाको भाइरसको सम्भावित महामारीबाट सचेत रहन सबैमा अपील गरेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आइतबार विज्ञप्ति जारी गरेर कोरोना भाइरसबाट बच्नका लागि सचेत रही सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् । उनले कोरोना भाइरसको नाममा भइरहेको कालोबजारी नियन्त्रण गर्न पनि सरकारसँग माग गरेका छन् ।

‘छिमेकी मुलुक चीनबाट शुरू भएर विश्वका विभिन्न मुलुकमा महामारीका रुपमा फैलिरहेको नोबेल कोरोना भाइरसबाट विश्व समुदाय आक्रान्त छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसै सन्दर्भमा विश्वस्वास्थ संगठनले नेपाल पनि यसको उच्च जोखिम रहेको सूचना जारी गरिसकेको छ । त्यसैले सम्भावित जोखिमलाई मध्यानजर गर्दै आफू सजग हुँदै अरुलाई पनि सहि सूचना सम्प्रेषण गर्नु तपाईं हामी सम्पूर्णको जिम्मेवारी हो ।’

‘यस्तो गम्भीर परिस्थितिमा सतर्कताक अपनाउन साथै सन्त्रास न्यूनीकरणका लागि नेपाल तरुण दल नेपाल सरकार, सम्बन्धित निकाय संचारमाध्यम देश र विदेशमा रेहेका सम्पूर्ण नेपालीमा हार्दिक अपील गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘एकअर्कासँग भेट हुँदा, हार्दिकता साटासाट गर्दा हात नमिलाऔं र नमस्कार भनेर सम्बोधन गर्न आग्रह गर्दछौँ’, तरुण दलका अध्यक्षले विज्ञप्तिमा भनेका छन् ।

‘विद्यालय विश्वविद्यालय जस्ता समूहमा बसेर अध्यन अध्यापन हुने ठाउँमा विशेष सावधानी अपनाउन अनुरोध गर्दछौँ’, बस्नेतले भनेका छन्, ‘समाजिक संजाल लगायत विभिन्न माध्यमबाट कोरोना भाइरस सर्ने र निको हुने सम्बन्धि अनेकन त्रास र अफवाह फैलाइएका छन् । त्यसैले सामाजिक सञ्जाल र अन्य सूचनाका माध्यमबाट सूचना प्रवाह गर्दा आधिकारिक मध्यामबाट जारी गरिएका सूचना मात्र सम्प्रेषण गरी सचेतना फैलाउन नेपाल तरुण दल अमनागरिकमा हार्दिक अनुरोध गर्दछ ।’

‘दैनिक उपभोग्य बस्तु, खाद्यान्न, ग्यास, माक्स, औषधि लगायत अन्य कुरामा अभाव र कालोबजारी देखिन थालेको छ । यो कुरामा सरकार र सम्बन्धित अन्य निकयलाई गम्भीर हुन ध्यानाकर्षण गराउँदछौँ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

‘बजारमा देखिएको कालोबजारी र कृतिम अभाब निगरानी गर्न नेपाल तरुण दल केन्द्रीय समिति तरुण दलका सम्पूर्ण सदस्यलाई निर्देशन गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘एक अर्कामा रंग लगाई सद्भाव साटासाट गर्दै मनाइले होली पर्वमा बिगतका वर्ष जस्तो ठूला भिडभाड हुने र सांगीतिक कार्यक्रम यो वर्ष आयोजना नगर्न नगराउन विभिन्न तहका तरुण दलका समितिहरूलाई अनुरोध गर्दछौँ ।’

‘सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी बाहिरी मुलुकबाट आउने व्यक्तिहरूको स्वास्थ परीक्षणमा विषेश संबेदनशील हुन सरकारको ध्यानाकर्षण गराउँछौँ ।’

‘विपत र महामारी पूर्वजानकारी गराएर आउँदैन । तर पूर्व तयारी भने अवश्य गर्न सकिन्छ । त्यसैले सम्भावित जोखिम र खतरालाई न्यूनीकरण गर्न अस्पतालमा आवश्यक उपकरणसहितको छुट्टै उपचार केन्द्र र थप सुरक्षित क्वारेन्टाइन व्यवस्था गर्न सरकारसंग आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

‘नेपाल तरुण दलको विभिन्न जिम्मेवारी निर्वाह गरिराख्नु देशभरिका सम्पूर्ण तरुणहरूलाई नोबेल कोरोना भाइरसबारे आममानिस र समाजमा देखिएको त्रासलाई न्यूनीकरण गर्न सम्बन्धित निकायबाट जारी गरेका आधिकारिक धारणा जानकारी गराएर समाजमा सचेतना फैलाउने कार्य गर्न निर्देशन गर्दछौँ’, अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Published : Sunday, 2020 March 8, 6:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया