जुम्लामा नेकपालाई झट्का, कांग्रेसमा आए लोकप्रिय नेताहरू

जुम्ला । जुम्ला जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

गुठीचौर गाउँपालिकाको वडा नम्बर २ मुरुल्लीका नेकपाका गाउँपालिका स्तरीय कमिटीका सदस्य गोपाल बुढाको नेतृत्वमा एक दर्जन स्थानीय कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेसमा प्रवेश गरेका बुढा स्थानीय तहमा लोकप्रिय मानिन्छन् ।

तत्कालीन एमालेमा रहेका बुढाले कम्युनिस्ट नेताहरूमा व्यक्तिवादी चरित्र हाबी भएको आरोप लगाएका छन् । कम्युनिस्टको नाममा जनतालाई झुठ बोल्नेदेखि भ्रमको खेती हुन थालेपछि आफूले नेकपा छाडेर कांग्रेस पार्टीमा प्रवेश गरेको बताएका छन् ।

उता, गुठीचौर गाउँपालिका वडा नम्बर ३, गर्ज्याङकोटका नेकपाका स्थानीय नेता कालीबहादुर बुढा, शेर बहादुर बुढा र मानबहादुर बुढापनि कांग्रेसमा प्रवेश गरेका छन् ।

नेकपाको साधारण सदस्यता परित्याग गरी उनीहरूले कांग्रेसको विकास, परिवर्तन र शुसासनमा आधारित राजनीतिमा आबद्ध भएको जनाएका छन् ।

Published : Sunday, 2020 March 8, 2:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया