दाङमा कम्युनिस्ट वडाध्यक्षकाे हात चिलाएपछि…
सुरेश श्रेष्ठ
तुलसीपुर । दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष भीमबहादुर सार्कीले आफूलाई कुटपिट गरेको भन्दै कार्यालय सहयोगी पतिराम चौधरीले उजुरी दर्ता गराएका छन् ।
चौधरीले शुक्रबार वडाध्यक्ष सार्कीविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
वडाध्यक्ष सार्कीले आफूलाई कार्यालयमा घोक्राई कुटपिट गरेको चौधरीले आरोप लगाएका छन् ।
तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित सार्की बेलाबेला विवादमा पर्दै आएका छन् । वडाध्यक्ष सार्की हाल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका नेता पनि हुन् ।
निवेदनमा चौधरीले वडाध्यक्ष सार्कीलाई पक्राउ गरी तत्काल कारवाही गर्न माग गरेका छन् । चौधरी बिगत २५ वर्षदेखि कार्यरत स्थायी कार्यालय सहयोगी हुन् ।
निवेदनमा चौधरीले वडाध्यक्ष सार्कीले आफूलाई तथानाम गाली गलौज गरी आफूलाई बिनाकारण बारम्वार धम्काउने गरेको आरोप लगाइएको छ ।
कार्यालय सहयोगी चौधरीले यसअघि पनि वडाध्यक्ष सार्कीले आफूलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गर्ने गरेको बताएका छन् ।
वडाध्यक्ष सार्कीले आफूलाई कार्यालयभित्रै बिनाकारण कुटपिट गरेको बताएका छन् ।
वडाध्यक्ष सार्कीको गलत व्यवहारप्रति स्थानीयले विरोध गर्दै वडा कार्यालयमा ताला समेत लगाएका थिए । स्थानीयले लगाएको ताला प्रहरीले फोडेको थियो ।
वडाध्यक्ष सार्कीले स्वास्थ्यका विषयमा छलफल गर्न टोल विकास संस्थाका अध्यक्षहरूलाई खबर गर्न आफूले दिएको निर्देशनको कार्यान्वयन नभएपछि आवेगमा घटना भएको स्वीकार गरेका छन् ।
घटनाका बारेमा छलफल गर्न जिल्ला प्रशासन कार्यालयले सोमबार दुबै पक्षलाई बोलाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया