देउवालाई राेकेर सभापति बन्ने निधिकाे याेजना, आरजु पदाधिकारीमा उठ्ने

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी कब्जा कसरी गर्न सकिन्छ भनेर रणनीति बनाउन थालेका छन् ।

निधिले सभापति शेबहादुर देउवालाई असफल बनाइ १४औँ महाधिवेशनमा देउवाको सभापतिको उम्मेदवार बन्ने सपना देख्न थालेकाे कांग्रेस नेताहरूवीच चर्चा हुन थालेकाे छ ।

निधिले देउवालाई रोकेर आफू नै सभापतिको उम्मेदवार बन्ने दाउँमा लागेको उनका हरेक गतिविधिहरूले देखाएको  देउवा निकटका एक केन्द्रीय सदस्यले बताएका छन् । निधिका पछिल्ला निर्णय र गतिविधिहरू देउवालाई साथ दिने खालका नरहेकाे जनाइएकाे छ ।

सभापति देउवा आफैमा खराब वा पार्टीमा गुटबन्दी गर्नेमा अलिक कमजोर नै मानिन्छन् । तर, देउवा निकट भनेर चिनिएका निधिसहितका सीमित नेताहरूले आफ्नो राजनीति र स्वार्थका लागि देउवालाई बद्नाम गराइरहेको आरोप छ ।

निधिले नै देउवालाई बद्नाम गराउन उनकी पत्नी आरजु राणालाई उपसभापति वा महामन्त्रीको उम्मेदवार बनाउने भनेर प्रचार प्रसार गराइरहेकाे स्राेतले जनाएकाे छ । निधिको सल्लाहमा आरजुले महामन्त्रीमा आफ्नो पक्षमा माहोल बनाउन थालेकी छिन् ।

त्यति मात्रै होइन महामन्त्रीमा उम्मेदवार बन्न नपाए आरजुले आफूलाई उपसभापतिको उम्मेदवार बनाउने पक्का जस्तै छ । प्रतिनिधि सभाको निर्वाचनमा कैलालीबाट उम्मेदवार बनेकी आरजुले १४औँ महाधिवेशनमा आफूलाई केन्द्रित गराएकी छिन् । आरजुलाई सबैभन्दा ठूलो उक्साहट निधिको रहेको एक नेताले बताए ।

आरजुलाई उकास्दै आएका निधिले सर्लाही जिल्लामा गुटको कार्यक्रम गरेका छन् । निधि तराईमा कमजोर छन् । कमजोर भएकै कारण धनुषामा पराजित भएका थिए ।

आफूलाई हराउन षड्यन्त्र गरेको भन्दै निधिले अमरेशकुमार सिंहलाई कमजोर बनाउन हर्कतहरू गरिरहेका छन् । अमरेशकै क्षेत्रमा निधिले आमसभाको कार्यक्रम गरे ।

सिंहलाई त्यो कार्यक्रममा निम्तो पनि दिइएन । सिंहलाई बोलाइएन । यसले गर्दा निधिको हैसियत तराई उदाङ्गिदै गएको चर्चा हुन थालेको छ ।

आरजु उम्मेदवार बन्ने चर्चाले देउवा कार्यकर्ता तहमा बद्नाम भइरहेका छन् । पत्नी आरजुको कुरा काट्न नसक्ने कारणले पनि देउवालाई राजनीतिक बेफाइदा भइरहेको छ ।

आरजुकै दवावमा सासु प्रतिभा राणालाई जापानको राजदूत बनाइएको थियो । प्रतिभा राणालाई खड्गप्रसद ओलीले फिर्ता बोलाउन खोजेका थिए ।

देउवा र आरजुको आग्रहमा प्रतिभाको राजदूत पद जोगिएको छ । सासुको राजदूत पद जोगाइदिन देउवाले नेपाल तरुण दलको भ्रष्टाचार विरोधी आन्दोलन तुहाइदिएको चर्चा सानेपामा छ ।

Published : Thursday, 2020 March 5, 8:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया