नेविसंघ र तरुणको मशाल जुलुसले अरिँगालहरूलाई तनाब
हेटौँडा । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थमा कर बढाएको विरोधमा मकवानपुरमा प्रदर्शन भएको छ ।
नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका कार्यकर्ताले ओली सरकारले मूल्य वृद्धि गर्ने निर्णयको विरोधमा मंगलबार साँझ हेटौँडामा प्रदर्शन गरेका हुन् ।
ओली सरकारले पेट्रोलियम पदार्थमा कर बढाएको विरोधमा नेविसंघ र तरुण दलले राँके जुलुस प्रदर्शन गरेर विरोध जनाएको हो ।
ओली नेतृत्वको कम्युनिस्ट सरकारविरुद्ध विभिन्न नारावाजीसहित नेविसंघ र तरुण नेता तथा कार्यकर्ताहरूले नगर परिक्रमा गरेका थिए ।
ओली नेतृत्वको सरकारविरुद्ध भएको हेटौँडाको प्रदर्शनलाई नेकपाका ‘अरिँगाल’हरूलाई चित्त बुझेको छैन । नेकपाका नेता तथा कार्यकर्ताहरूले ओली सरकारविरुद्ध भएको प्रदर्शनलाई ओलीको स्वास्थ्यसँग जोडर नेविसंघ र तरुण दलको आलोचना गरेका छन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यको कामना सबैले गरेका छन् । तर, सरकारको नेतृत्व गरेका ओली सरकारको आलोचना गर्नै हुँदैन भन्ने मानसिकताबाट नेकपाका अरिँगालहरू सचेत रहनुपर्ने नेविसंघ मकवानपुरले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया