सभापति देउवाद्वारा थप सात वटा विभाग गठन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सात वटा विभागको संयोजकहरू तोकेका छन् ।
सभापति देउवाले सोमबार विज्ञप्ति जारी गरेर सात वटा विभागका संयोजकहरू तोकेका हुन् ।
‘कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका देहायका सदस्यहरुलाई देहाय बमोजिमका केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गर्नु भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
सभापति देउवाले केन्द्रीय सदस्य एनपी साउँदलाई शुभेच्छुक संस्था समन्वय विभागको जिम्मेवारी दिए ।
अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभाग, ईश्वरी न्यौपानेलाई महिला विभागको जिम्मेवारी दिएका छन् ।
केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग, मोहनबहादुर बस्नेतलाई खेलकूद विभागको संयोजकको जिम्मेवारी दिइएको छ ।
बीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभागको जिम्मेवारी दिएका छन् ।
सभापति देउवाले हरिप्रसाद नेपाललाई शिक्षा विभागको जिम्मेवारी दिएका छन् ।
यसअघि सभापति देउवाले विभिन्न १३ वटा विभाग गठन गरिसकेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विभाग गठनको विरोध गर्दै आएको छ । नेता कृष्णप्रसाद सिटौलाले विभाग गठनमा सहमति जनाएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया