वान्टेड गुण्डा नाइके महर्जनसँग नेकपाका सांसद सिलवालकाे के छ साइनाे ?

लगनखेल । ललितपुर जिल्लाका कहलिएका गुण्डा लेखराम महर्जनलाई ललितपुर क्षेत्र नम्बर १ सांसद नवराज सिलवालले संरक्षण दिएको रहस्य बाहिर आएको छ ।

महर्जनलाई चेक बाउन्सको अभियोगमा जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गरेको छ ।

नेकपाका सांसद सिलवालको दवावका कारण प्रहरीले महर्जनलाई पक्राउ गर्न नसकेको स्रोतले जनाएको छ ।

महर्जनले सन्तानेश्वर महादेव ईटा भट्टाको व्यावसायिक साझेदार हुन् । महर्जन १ करोड ५० लाखको चेक बाउन्स काण्डमा मुछिएका हुन् ।

ईट्टा भट्टमा पार्टनर बनाउने भन्दै रकम लिएको अभियोगमा मुद्धा परेपछि महर्जनलाई चेक बाउन्सको अभियोगमा जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गरेको हो ।

महर्जन ललितपुर जिल्ला कहलिएका गुण्डा नाइके हुन् । महर्जन ०७० सालमा ज्यानमार्ने उद्योगकाे मुद्धामा १ वर्ष नखु जेल बसेका थिए ।

महर्जनले अर्का भक्तपुरका कृष्ण तमासीसंग पनि ईट्टा भट्टाको पाट्नर बनाउँछु भन्दै २ करोड ठगेको आरोप छ ।

पीडित तमासीले पनि ठगी मुद्दा हाल्ने तयारी गरेको स्रोतले जनाएको छ ।

गुण्डा नाइके महर्जनको चापागाउँ प्रहरी बृत नजिकै घर छ । प्रहरीलाई चुनौती दिँदै चौकी नजिकै ओहोर दोहोर गर्दै हिँडिरहेका गुण्डा नाइके महर्जनलाई प्रहरीले अदालतको आदेश पाउँदा पनि किन पक्राउ गर्न सकेको छैन भनेर प्रश्न उब्जिएको छ ।

०७४ सालको निर्वाचनमा तत्कालीन एमालेको तर्फबाट उम्मेदवार बनेका सिलवालको अंगरक्षक भएर चुनावमा हिँडेका महर्जनलाई सिलवालले संरक्षण गरेको आरोप स्थानीयले लगाएका छन् ।

गुण्डा नाइके महर्जन पटक पटक गरी १० पटकभन्दा धेरै पुलिस कस्टडीमा परीसकेका छन् ।

महर्जनलाइ नेकपाका सांसद सिलवालले नै छुटाउने गरेका छन् । महर्जनका यस्ता थुप्रै केश छन् । महर्जन योभन्दा ३ वर्ष अगाडि कांग्रेसमा आवद्ध थिए ।

गैरकानूनी गतिविधिमा लाग्दै गर्दा कांग्रेसले पटक सचेत गराउँदा पनि उनले आफ्नो अपराधिक गतिविधि नछाडेपछि कांग्रेस ललितपुर जिल्लाले पार्टीबाट निष्काशन गरेपछि चुनावका बेला एमालेमा प्रबेश गतेका थिए ।

Published : Saturday, 2020 February 29, 10:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया