देउवाले बनाए विभागका प्रमुख र केन्द्रीय सदस्यहरू
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय विभागहरू गगठनको अन्तिम तयारी गरेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले असहमति जनाएको अर्को दिन देउवाले विभाग गठनको तयारी थालेका हुन् ।
स्रोतका अनुसार सभापति देउवाले विभाग गठनका साथै केन्द्रीय समितिमा केही आमन्त्रित केन्द्रीय सदस्य पनि थप गरेका छन् ।
सभापति देउवाले आमन्त्रित केन्द्रीय सदस्यहरूमा गोपाल बस्नेत झापा, सुधिर शिवाकोटी झापा, मनोहरनारायण श्रेष्ठ धनकुटा छन् ।
कांग्रेसले विभागहरू पनि गठन गरेको छ । स्रोतका अनुसार कांग्रेसले प्रचार विभागको जिम्मेवारी विश्वप्रकाश शर्मालाई दिएको छ ।
संगठन विभागको प्रमुखको जिम्मेवारी गोपालमान श्रेष्ठलाई दिइएको छ ।
केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई जनसम्पर्क विभागको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्य अजय चौरसियालाई तराई मधेश विभागको जिम्मेवारी दिइएको छ ।
अर्का केन्द्रीय सदस्य शंकर भण्डारीलाई तरुण विभागको जिम्मा दिइएको छ ।
कांग्रेसले शनिवार नै विस्तार भएका अन्य विभाग र आमन्त्रित केन्द्रीय सदस्यको नाम औपचारिक रुपमा सार्वजनिक गर्नेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया