सर्वहारावादी नेता प्रचण्ड पत्नीसँग र्‍याफ्टिङमा रमाउँदै

सिन्धुपाल्चोक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना परिवारलाई भोटेकोशीमा र्‍याफ्टिङ गराएका छन् ।

पत्नी सीता दाहालसहित परिवारका सदस्यसँगै हेलिकप्टमा सिन्धुपाल्चोक जिल्लाको सुकुटे आइपुगेका दाहालले र्‍याफ्टिङसहितको रमाइलो गरेका हुन् ।

दाहाल परिवारसहित रिफ्रेसका लागि भन्दै पटक पटक सिन्धुपाल्चोकको सुकुटेमा आउने गरेका छन् । दाहालको पत्नी सीता दाहाल बिरामी छिन् । चितवन पुगेका दाहाल हेलिकोप्टेरबाट सिधै सुकुटे आइपुगेका थिए ।

सुकुटेमा आए लगतै पत्नी सीतासहित दाहालले सुनकोशी नदीमा र्‍याफ्टिङ गरेका थिए । महोत्सवस्थल सुकुटेदेखि चेहेरेसम्म दाहालको टोलीले र्‍याफ्टिङ गरेको थियो ।

सुकुटे आउँदा यसअघि सुनकोशीबीच रिसोर्टमा बस्ने गरेपनि यो पटक भने दाहाल भोटेकोशीबीच रिसोर्टमा बसेका छन् । पत्नी सीता दाहालको अनुरोधमा अध्यक्ष दाहालले बिहीबार नै र्‍याफ्टिङ गरेका थिए ।

र्‍याफ्टिङमा विश्वको सातौ स्थानमा पर्ने सुनकोशी नदीमा धेरै भङ्गला भएकाले र्‍याफ्टिङको मज्जा हुने गरेको छ । सीता दाहाल भङ्गालमा जान डराएपछि कम भङ्गला भएको क्षेत्र सुकुटेदेखि चेहेरेसम्म र्‍याफटीङ गराइएको थियो ।

हेलीकोप्टेरबाट सुकुटे आउँदा पत्नी सीता दाहाललाई भने दुइ जना सहयोगीले साथ दिएर बस्ने स्थानसम्म पु र्‍याएका थिए । पत्नी सीतासहित एउटै बोटमा र्‍याफ्टिङ गरेका दाहालले बेला बेलामा ‘सीता म्यामलाई सबै ठीक छन नी होइन ?’ भन्दै सोधपुछ गरेको स्रोतले जनाएको छ ।

यसअघि सुकुटे आउँदा दाहालका विश्वासपात्रको रुपमा चिनिएका अग्नि सापकोटाको साथमा आउने गरेपनि सापकोटा सभामुख भएपछि भने दाहाल एक्लै सुकुटेमा आएका हुन् । नेकपाका केन्द्रीय सदस्यहरू दाहाललाई स्वागत गर्न बेलुकी मात्रै सुकुटे आएका थिए ।

दाहाल निकट बागमती प्रदेशका समाजिक विकासमन्त्री युवराज दुलाल र केन्द्रीय सदस्य माधव सापकोटा बेलुकी मात्रै दाहाल बसेको भोटेकोशीबीच रिसोर्टमा आएका थिए ।

एक महिनाअघि मात्रै दाहाल सुकुटे नजिकै रहेको कदमबासमा आएर बसेका थिए । दाहालको यो सातौँ पटकको सुकुटे भ्रमण हो ।

Published : Saturday, 2020 February 29, 11:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया