नेकपाका सांसदलाई ओखलढुंगामा झट्का, पुल उद्घाटन गर्न नदिइ स्थानीयले लखेटे
ओखलढुंगा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवारलाई स्थानीयले पुल उद्घाटन गर्न नदिएर फिर्ता पठाइदिएका छन् ।
ओखलढुंगा र रामेछाप जिल्ला जोड्ने सिरिसेस्थित लिखु नदीको पुल बिहीबार उद्घाटन गर्न पुगेका नेकपाका सांसद सुनुवारलाई स्थानीयले पुल उद्घाटन गर्न नदिएका हुन् । स्थानीयले पुल निर्माणका क्रममा अनियमितता भएको आरोप लगाएका छन् ।
सात करोडको लागतमा निर्माण भएको पुलको सांसद सुनुवारमार्फत ठेकेदार राम मैनालीले उद्घाटन गराएर भुक्तानी लिन खोजेको आरोप स्थानीयको छ । स्थानीयले पुल निर्माणमा अनियमितता गरेर कमसल खालको पुल बनाएको जनाएका छन् ।
नेकपाका नेता बालकृष्ण ढुङ्गेलसहितका स्थानीयले सांसद सुनुवारलाई पुल उद्घाटन गर्न नदिएर लखेटेको स्थानीयले बताएका छन् । पुल उद्घाटनमा नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडा पनि गएनन् ।
सांसद सुनुवार आफू निकटका सीमित नेता तथा कार्यकर्ता र प्रदेश सांसद मोहन खड्कालाई साथमा लिएर सिरिसे पुगेका थिए ।
नेकपाका नेता ढुङ्गेल र कांग्रेसका युवा नेता खतिवडा लगायतको पहलमा निर्माण भएको पुललाई सांसद सुनुवारले आफूले जस लिन हतार–हतारमा उद्घाटन गरेर बधाइ लिन खोजेको आरोप स्थानीयको छ ।
पुल उद्घाटनको कार्यक्रममा रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले पनि बहिस्कार गरिदिएका छन् ।
ओखलढुंगाको लिखु गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षले समेत बहिस्कार गरेको उद्घाटनको कार्यक्रममा नेकपाकै नेता तथा कार्यकर्ताहरूले अबरोध गरेपछि सांसद सुनुवार जिल परेका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया