भारतले देखायो मानवता, जापानबाट नेपालीहरूको उद्धार
नयाँदिल्ली । भारतले कोरोना भाइरसका कारण जापानको समुद्री तटमा रहेका क्रुज शिपबाट एक सय १९ जना भारतीयसहित पाँच विदेशी नागरिकको उद्धार गरेको छ ।
एअर इण्डियाको विशेष विमानबाट सबै नागरिक बिहीबार बिहान नयाँदिल्ली आइपुगेका छन् ।
जापानबाट भारतीय नागरिकसहित नेपाल, श्रीलङ्का, दक्षिण अफ्रिका र पेरुका नागरिकलाई पनि ल्याइएको हो ।
डायमण्ड प्रिन्सेस क्रुज शिपबाट भारतीयलाई निकाल्न मद्दत गरेको भन्दै भारतीय विदेश मन्त्री एस.जयशङ्करले जापानी अधिकारीहरूलाई धन्यवाद दिएका छन् ।
‘एअर इण्डियाको जहाज भर्खरै टोक्योबाट दिल्ली आइपुगेको छ’, जयशंकरले भनेका छन्, ‘कोरोना भाइरसका कारण जापनको क्रुज शिपमा फसेका एक सय १९ भारतीय र श्रीलङ्का, नेपाल, दक्षिण अफ्रिका र पेरुका नागरिकलाई ल्याइएको छ ।’
उनले भनेका छन्, ‘एअर इण्डियालाई फेरि एक पटक धन्यवाद दिन चाहन्छु ।’
उद्धार गरेर ल्याइएका सबैलाई थर्मल स्क्रिनिङपछि दिल्लीको छावलामा आईटीबीपी संगरोध सुविधा लगिनेछ ।
वुहानबाट फर्किनेहरूमा बङ्गलादेश, म्यानमार, मालदिभ्स, दक्षिण अफ्रिका अमेरिका र मेडागास्करका नागरिक पनि थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया