कांग्रेससँग डराए ओली, दिए अहँकार र घमण्डले भरिएको अभिव्यक्ति
काठमाडौं । झण्डै दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले दुई वर्षको उपलब्धिका बारेमा संसदलाई जानकारी गराउने क्रममा प्रमुख विपक्षी दल नेपाली कांग्रेसप्रति कटाक्ष गर्दै शुरुवात गरेका छन् ।
ओली नेतृत्वको कम्युनिस्ट सरकारले शनिबार दुई वर्ष पूरा गरेको छ । संसदको शनिबारको बैठकमा ओलीले कांग्रेसप्रति शुरुमै धक्का दिएका थिए ।
त्यति मात्रै होइन ओलीले आफू नेतृत्वको सरकारले दुई वर्ष पूरा गरेको विषयलाई पनि उपलब्धिका रुपमा प्रस्तुत गरेका छन् ।
‘एउटै पार्टीको एउटै सरकार दुई वर्ष पूरा गर्नु पनि एउटा उपलब्धिको रुपमा लिनुपर्ने अवस्था आउँदो रहेछ’, ओलीले भनेका छन् ।
‘गतसाल मैले यसै गरी वर्षभरिका कामको प्रतिवेदन सदनमा जानकारी गराउने प्रयास गरेको थिएँ’, उनले भने, ‘त्यति बेलाको कारण र परिस्थितिमा जान चाहन्न ।’
‘लोकतान्त्रिक अभ्यास, सहि ढंगले हुन सक्यो कि सकेन हामीले विचार गर्नुपर्ने अस्था छ’, उनले भने, ‘हामीले जननिर्वाचित प्रधानमन्त्रीले आफ्ना कुराहरू राख्न खोज्दा पनि त्यो सहज भएको थिएन र मैले बाहिर बोल्नु परेको थियो ।’
‘आम निर्वाचतन ताका एउटा चलेको थियो कम्युनिस्टको सरकार बन्यो भने हाँस्न त के रुन पनि पाइँदैन’, उनले भने, ‘यसलाई खुब दोहो¥याएको पाइयो ।’
‘तर बास्तविकता त्यस्तो थिएन । लोकतन्त्र संकटमा परेको, अधिनायकवाद आएको भन्ने जस्ता कुराहरूको बारे पनि एकतारे खुबै बज्यो’, ओलीले कांग्रेसप्रति लक्षित गर्दै भने, ‘कहिले कहाँ, कहिले कहाँ, कहिले माइतीघर मण्डलामा, कहिले गुठी विधेयकको अवतारमा अनेक रुपमा त्यो काम भयो ।’
‘पछिल्लो समय मिडिया विधेयकको रुपमा पनि चर्चामा आयो’, ओलीले भने, ‘अब त्यो अगाडि बढेको छ । त्यसमा स्पष्टता आउँदै गएको छ ।’
कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओलीले प्रमुख विपक्षी दल कांग्रेसामथि प्रहार गरिएका शब्द र अभिव्यक्ति दिँदा नेकपाका सांसद र मन्त्रीहरू मुस्कुराएका थिए । नेकपाका सांसदहरूले टेबुल ठोकेका थिए ।
कम्युनिस्ट सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटा सबैभन्दा धेरै खुसी देखिएका थिए ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसको आलोचनाबाट आत्तिएको देखिएका ओलीले आफ्नो सम्बोधनका क्रममा कम्युनिस्ट सरकारको रक्षत्मक रुपमा बचाउ गरेका थिए । ओलीको सबैभन्दा धैरै प्रहार कांग्रेसमाथि थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया