छेस्केमा जीप दुर्घटना, कांग्रेस नेताहरू घाइते

धरान । धनकुटाको अहालेबाट धरान आउँदै गरेको गाडी छेस्के भीरमा पल्टिदा नेपाली कांग्रेसका नेताहरू घाइते भएका छन् ।

मंगलबार बिहान जीप अनियन्त्रित भएर सडकमा पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेसन सागुरीगढी गाउँपालिका समिति, धनकुटाले आयोजना गरेको बैठकमा सहभागी भएर धरान आउने क्रममा गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा नेपाली कांग्रेस धनकुटाका क्षेत्रीय सभापति तथा जीपी फाउन्डेसन प्रदेश १ का संयोजक इन्दिरा थापा, जिल्ला सदस्य धन राई र महेन्द्र बहुमुखी क्याम्पस धरानका प्राध्यापक जीवन राई घाइते भएको कांग्रेसले जनाएको छ ।

उनीहरूलाई तत्काल उद्धार गरेर उपचारका लागि धरान ल्याइएको छ ।

Published : Tuesday, 2020 February 4, 9:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया