यी हुन् १६ जिल्लाका नयाँ सिडिओहरू

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको हेरफेर गरेको छ ।

मन्त्रालयले १७ जना सहसचिव तथा १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

१६ जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर भएको छ । हालै बढुवा भएका सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ ।

गृह मन्त्रालयले ईलाममा तुलसीराम सेढाईं, बाग्लुङमा गौंगोचन सैँजू, गोरखामा सुरेन्द्र पौडेल, कञ्चनपुरमा नुरहरि खतिवडा, पाल्पामा यादव सुवेदी, पर्सामा विष्णुकुमार कार्की, सिन्धुपाल्चोकमा उमेश ढकाल, सुर्खेतमा रमेश न्यौपानेलाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

नवलपरासी पूर्वमा पीताम्बर घिमिरे, रामेछापमा रुद्रादेवी शर्मा, खोटाङमा शालिकराम शर्मा पौडेल, सल्यानमा शिवराम पौडेल, डडेल्धुरामा जगनाथ पन्त र काभ्रेमा श्रवणकुमार तिमल्सिनालाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

त्यसैगरी, मुगुमा कृष्णकुमार निरौला र भोजपुरमा वसन्त गिरीलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

Published : Monday, 2020 February 3, 7:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया