कांग्रेस निकटका पत्रकारहरूलाई रसुवाले दियो खुसी
रसुवा । नेपाली कांग्रेस निकटको नेपाल प्रेस युनियन रसुवाको तेस्रो जिल्ला अधिवेशनले सुशील कोइरालाको नेतृत्वमा ११ सदस्यीय सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्ष उपाध्यक्ष शशिकुमार डंगोल, महिला उपाध्यक्ष झरना नेपाली, सचिव आशिष तामाङ, सहसचिव संगीता तामाङ र कोषध्यक्षमा सुवास घिमिरे चयन भएका छन् ।
कार्यसमितिको सदस्यहरूमा सन्तोषी तामाङ, रक्षा न्यौपाने, पुरुषोतम पौडेल, साधुराम सापकोटा, सन्दीप पौडेल चयन भएका छन् ।
गणेश श्रेष्ठ, धर्म पौडेल, सुनिल पौडेल, अनु आचार्य र झरना नेपालीलाई केन्द्रीय पार्षद चयन गरिएको छ ।
प्रदेश प्रतिनिधिहरूमा श्रीकृष्ण पौडेल, सुदीप न्यौपाने, भवानी पौडेल, भक्तबहादुर गुरुङ, मिलन देवकोटा, रक्षा न्यौपाने र सन्तोषी तामाङ रहेका छन् ।
सर्वसम्मत् निर्वाचित कार्यसमिति, महाधिवेसन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूलाई प्रेस युनियन महासचिव अजयबाबु शिवाकोटी र केन्द्रीय प्रतिनिधि प्रदीप चापागाईंले टीका तथा खादा लगाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
यसअघि तेस्रो जिल्ला अधिवेसनको उद्घाटन सत्रमा नेपाली कांग्रेस रसुवाका सभापति पेम्वाछिरिङ तामाङले प्रेसले स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाउन नेपाली कांग्रेस आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताए ।
प्रतिनिधि सभाका सांसद मोहन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कांग्रेस सधैं अग्रमोर्चामा रहेको बताए ।

उनले कम्युनिस्ट सरकारले संसदमा ल्याएका सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक र विशेष सेवा विधेयकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रावधानको विरोध जनाए ।
नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेसनको आन्तरिक गृहकार्य भैरहेको उल्लेख गर्दै सबैलाई महाधिवेसनको लागि सहभागी हुन आग्रह गरेका छन् ।
कृष्ण थापाको अध्यक्षतामा भएको अधिवेशनमा उत्तरगया गाउँपालिकाका प्रमुख उपेन्द्रराज लम्साल, केन्द्रीय प्रतिनिधि प्रदीप चापागाईं, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य उत्तम थापा, रसुवा महिला सञ्जाल अध्यक्ष सुनिता गुरुङ, प्रेस संगठनका संयोजक बलराम घिमिरे लगायतले शुभकामना व्यक्त गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया