कांग्रेसले जितेको धार्चेमा अध्यक्ष गुरुङले गरे नमूना काम

गोरखा । गोखार जिल्लाको धार्चे गाउँपालिमा पर्यटन पदमार्ग माछाखोला, खोर्लावेशी र तातोपानीमा सडकमा सौर्य बत्ती जडान गरिएको छ ।

नेपाली कांग्रेसले जितेको धार्चे गाउँपालिकाले पर्यटक र स्थानीय सर्वसाधारणलाई आवतजावतमा सहज होस् भनेर सोलार प्रविधिको सडक बत्ती जाडान गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

उनले भने, ‘आठ वर्ष वारेण्टी भएका ४० वाट क्षमताका सडक बत्तीहरू जडान गरिएको छ ।’ गाउँपालिकाको वैकल्पिक उर्जा कार्यक्रम अन्तर्गत सडक बत्ती राखिएको अध्यक्ष गुरुङले बताए ।

वैकल्पिक उर्जा कार्यक्रमका लागि गाउँपालिकाले १५ लाख ६५ हजार रुपियाँ बिनियोजन गरेको थियो ।

‘आठ वर्षसम्म रातदिन बल्ने बत्ती जडान गरिएको छ’, अध्यक्ष गुरुङले भने, ‘रम्बा टेक्निकल इन्टरनेशनल टेक्नोलोजीमार्फत जोडिएको सौर्य सडक बत्ती एउटा जडान गर्न ९४ हजार आठ सय रुपियाँका दरले खर्च लागेको छ ।’

सौर्य सडक बत्ती माछाखोलामा दुई ठाउँमा जडान गरिएको छ । खोर्लाबेशीमा दुई ठाउँमा बत्ती जडान गरिएको छ ।

तातोपानीमा एक ठाउँमा बत्ती जडान गरिएको अध्यक्ष गुरुङले बताए । एकहप्ताभित्र धार्चेडाँडामा एउटा र गुप्सीपाखाको बस्तीमा केही थान सौर्य सडक बत्ती जडान गरिनेछ ।

पर्यटन पदमार्गमा हिड्ने यात्रुलाई ध्यानमा राखी मोबाइल चार्ज स्टेशन पनि निर्माण गरिएको छ । सोही सोलार प्रविधिबाट मोबाइल चार्ज गर्ने गरी मोबाइल चार्जस्टेशन निर्माण गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

मोबाइल चार्जस्टेशनबाट गाउँका सर्वसाधारण, पर्यटक, गाइड, भरिया, खच्चड गोठाला तथा स्थानीयले प्रयोग गर्न सक्ने गुरुङले बताए ।

आगामी वर्ष रुपिङ्ला(पास)मा पदमार्गमा लेक लाग्ने ठाउँमा अक्सिजन सिलिण्डर जडित सडक बत्ती जडान गरिने कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताए ।

धार्चे गाउँपालिकामा पर्यटन विकासका लागि अध्यक्ष गुरुङले विभिन्न कार्यक्रमहरू अगाडि सारेका छन् । गोरखा जिल्लाको दुर्गम गाउँपालिका भएका कारण आर्थिक अभावले कार्यक्रमहरू अगाडि बढाउन नसकिएको गुरुङले बताएका छन् ।

पर्यटनले भरिपूर्ण यो गाउँपालिकामा पर्यटकका लागि थोरै भएपनि पूर्वाधार निर्माण गर्न सकिए पर्यटन व्यवसायबाटै गाउँपालिका र स्थानीय जनता धनी हुने उनले बताएका छन् ।

Published : Sunday, 2020 February 2, 6:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया