आफ्नैले खोले ‘विप्लव’का जिल पर्ने काण्डहरू
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले करोडौँ रुपियाँ चन्दा उठाएको रहस्य बाहिर आएको छ ।
विप्लव निकटका पत्रकारद्वय प्रकाश डुम्रे र ओम हमालवीचको टेलिफोन सम्वादबाट चन्दा काण्ड बाहिर आएको हो । टेलिफोनमा प्रकाश डुम्रे धेरै बोलेका छैनन् । तर, ओम हमाल एकतर्फी रुपमा बोलेका छन् ।
टेलिफोन सम्वादको वीचवीचमा सम्पादन पनि गरिएको छ ।
प्रकाश डुम्रे र ओम हमालबीचको सम्पादित कुराकानी
होटल अन्नपूर्णको ७५ लाख खोइ त ? भक्तपुर ईन्जिनियङरिङ कलेजबाट ल्याएको ८५ लाख रुपियाँ खोइ ? आयल निगमबाट ल्याएको ५२ लाख रुपियाँ खोइ ? यो बारेमा छलफल नहुने । आयल निमगबाट सुदर्शन सरको कार्यालय सचिव गएर ५२ लाख रुपियाँ मागे । त्यो अहिले पार्टीको हेडक्वाटरले पनि बुझेको छैन । अर्थ विभागले पनि बुझेको छैन । त्यो विषय अहिले मुद्धा छ । त्यो पैसा काहाँ छ भनेर मुद्धा बनिरहेको छ । होटेल अन्नपूर्णबाट केस मिलाइदिन्छु भनेर पार्टीका दुई जना सीसीएमहरू जोडिएर त्यहाँबाट ७५ लाख रुपियाँ आएको छ पैसा लिएको कुराको मसँग प्रमाण नै छ । एक पटक ५० लाख, एक पटक १५ लाख एक पटक १० लाख गरेर ७५ लाख ल्याइएको छ ।
भक्तपुर ईन्जिनियरिङ कलेजबाट चावहिन कमरेडले ८५ लाख रुपियाँ ल्याउनु भएको छ । चापागाइँजीकै योजनामा पोखरामा टहरा बनाउन लगाइएको भनेर छानविन समिति बनेको छ । त्यो हामी पनि बुझ्दै छौँ । लास्टै पर्यो भने हामी पनि बोल्छौँ । चितवन मेडिकल कलेजमा प्रकाश चन्दले आन्दोलन गर्ने, प्रकाशको आन्दोलन मिलाइदिन्छु भनेर चिरञ्जीवी ढकाल आएर वीस लाख रुपियाँ लगेर गयो । त्यो बारेमा पार्टी बोल्दैन । म त बोल्ने वाला छु यार । कुरा के हो भने ७५ लाखवालाहरूलाई कोही बोल्दैन । न महासचिव बोल्छ न प्रवक्ता बोल्छ । ८५ लाखवाला, ५२ लाखवालाहरूमा कोही बोल्दैनन् । अरु धेरै विषयहरू छ फोनमा धेरै कुरा नगरौँ । चापागाइँ पहिलो पटक समातिदा धेरै ठूलो रकमसहित समातिएको हो रे नि त ।
एक करोड १८ लाख रुपियाँसहित समातिएको हो त्यस बारेमा पार्टीमा छलफल हुनुपर्दैन ? त्यो पनि आफ्नो कोठाबाट । झलामा ५० लाख । खाटमुनि ५० लाख । १८ लाख कुर्सीमा देख्दा मान्छेहरू छक परे । कहाँबाट ल्यायो त्यो पैसा ? छानविन र छलफल हुनु पर्दैन ? अन्यामा हामी पनि छम के । करोडपतिहरू पार्टीको संरक्षणमा, ५० लाखवालाहरू पार्टीको मायाममतामा, २५ लाखवालासँग अब यसो गर्नु हुँदैन भनेर सहकार्य, त्यसपछि १ लाख २ लाखावालासँग निलम्बन, निस्कासित, भौतिक कारबाही, सफाय पार्टी यही हो ?
पार्टीले कब्जा गरेर जमिनमा उसले नै टहरा बनाउन पठाएको छ । त्यो विषयमा छलफल हुँदैन । पोखराको जग्गाबाट पैसा लिएको विषयमा छानविन समिति बनेको छ । न्याय पाइएला भनेर त सक्कियो । यो पार्टीमा लागेर तपाई हाम्रो केही सुरक्षा देखिएन । लाखौँ लाख उठाउनेलाई केही हुँदैन । सुनसरीको सेक्रेटरी आर्थिक घोटालाको पाँच लाखको समाचार कहिँ आउँदैन ।
होटेल अन्नपूर्णबाट गुणराज लुइँटेल सरले पैसा ल्याउनुभएको हो । उहाँलाई छानविन हुँदैन । उपचार गर्न पार्टीले विदा दिएको भन्छ । पैसासहित गुणराज लोहनी पक्राउ परे । उनलाई जनार्दन शर्माले भीमप्रसाद पोखरेललाई जिम्मा लिन पठाएका थिए । प्रज्वलको छानविन समिति बनेको छ । छ नम्बर बुँदा बनाएको कसले हो भनेर राप्तीमा छानविन समिति बनेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया