शीर्ष नेताहरू मिल्नुभयो भने हामीलाई उर्जा आउँछः जितजंग बस्नेत
लालबन्दी । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कांग्रेस पार्टीभित्र आफू–आफूवीच वादविवाद गर्नुभन्दा संगठन निर्माणतिर लाग्नुपर्ने बताएका छन् ।
नेपाल तरुल दल नगर समिति लालबन्दीले बिहीबार सर्लाही जिल्लाको लालबन्दीमा शहीद दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष बस्नेतले कांग्रेसका शीर्ष नेताहरू छिटो मिल्नुपर्ने बताए ।
‘केन्द्रमा शीर्ष नेताहरू मिल्नुभयो भने तल्लो तहसम्म कार्यकर्तालाई उर्जा थपिन्छ’, उनले भने, ‘विवाद समाधान गरौँ । कांग्रेस निर्माण गरौँ ।’
नेपाली तरुण दलको अध्यक्षको हैसियतले कांग्रेसलाई बलियो बनाउन आफू त्याग गर्न तयार रहेको बताएका बस्नेतले भने, ‘हामीलाई पनि तरुण दलको अधिवेशन गर्ने दायित्व छ । सबैले एकअर्काप्रतिको रिसराग भुलेर संगठन निर्माणमा लाग्न अपील गर्छु ।’
कम्युनिस्ट सरकारले संविधानलाई भताभुङ्ग बनाएर अधिनायकवाद ल्याउन सक्रिय रहेको अध्यक्ष बस्नेतको आरोप थियो । ‘कांग्रेसको नेतृत्वमा संविधान ल्यायौँ’, उनले भने, ‘यो संविधान असफल बनाउन कम्युनिस्टहरू लागेका छन् ।’
शहीदहरूले मुलुकमा कम्युनिस्ट अधिनायकवाद ल्याउनका लागि आफ्नो जीवन नदिएको तरुण दलका अध्यक्ष बस्नेतले बताए ।
‘शहीदहरूले लोकतन्त्र र जनतालाई स्वतन्त्रता दिन आफ्नो जीवन दिनुभएको थियो’, उनले भने, ‘हामीले शहीदको योगदानलाई भुल्नु हुँदैन ।’


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया