आईजीपीको भर पर्दा डीआईजी पद गुम्यो
काठमाडौं । गृह सचिव प्रेमकुमार राईको अध्यक्षतामा सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले सशस्त्र प्रहरीका पाँच जना एसएसपीहरूलाई डिआइजीमा बढुवा सिफारिस गर्यो ।
एसएसपीहरू कृष्णभक्त ब्रह्माचार्य, वंशीराज दाहाल, हरिशंकर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र बस्नेत डिआइजी बढुवाका लागि सिफारिसमा परे पनि एसएसपी हरिषचन्द्र अधिकारी भने बढुवा सिफारिसमा पर्न सकेनन् ।
सशस्त्र प्रहरी प्रमुख (आईजीपी) सैलेन्द्र खनालका निकट र विश्वासपात्र मानिएका एसएसपी अधिकारी किन डीआईजीमा सिफारिस हुन सकेनन् ? यहि प्रश्नले हलचोकमा खैलाबैला मच्चिरहेका बेला खनालकै कारण उनी बढुवामा पर्न नसकेको तथ्य प्राप्त भएको छ ।
पाँच जना एसएसपीले उच्चस्तरीय तालिम गरेका थिए । तर, अधिकारीले उक्त तालिम गरेका थिएनन् । झण्डै दुई वर्ष पहिले उक्त तालिम गर्नका लागि अधिकारीको नाम छनौट भएको थियो ।
तर, तत्कालीन एआईजी खनालले ‘तालिम गर्नु पर्दैन म आईजी भएपछि बढुवा गर्छु’ भनेर आश्वसन दिएपछि अधिकारीले उक्त तालिम नगरेको स्रोत बताउँछ । खनालको सोही आश्वसनलाई विश्वास गर्दा अहिले अधिकारी बढुवाबाट वञ्चित हुन पुगे ।
स्रोतका अनुसार अहिले अधिकारी आईजीपी खनालका काराण आफ्नो करिअर सक्कियो भन्दै उनै खनाललाई सराप्न थालेका छन् । खनालले सशस्त्र प्रहरी अस्पताल बलम्बुमा एसएसपी अधिकारीलाई नियम कानून मिचेर प्रमुख बनाएका थिए ।
प्राविधिक प्रमुख बन्नु पर्ने अस्पतालमा खनालले पहिलो पटक इन्फेक्ट्रीतर्फका अधिकारीलाई अस्पतालको प्रमुख बनाएका थिए ।
अस्पतालको प्रमुख बनेपछि अधिकारीमाथि उपकरणदेखि औषधी खरिदसम्म घोटला गरेको आरोप लागेको थियो ।
जग्गा खरिदको घोटलामा पनि मुछिएका एसएसपी अधिकारीसँग मिलेर कमिसन खानकै लागि आईजीपी खनालले बलम्बु पठाएको स्रोतको दावी छ ।
जसका कारण सशस्त्र प्रहरी अस्पतालमा भद्रगोल समेत भएको छ भने डाक्टर र नर्सहरू पनि आईजीपी खनालसँग असन्तुष्ट बनेका छन् । (यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार)
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया