शैलजा आचार्यले देखाएको मार्ग कांग्रेस हिँड्नुपर्छः सुजाता कोइराला

विराटनगर । नेपाली कांग्रेसकी नेतृ स्व.शैलजा आचार्यको सम्झनामा मोरङ जिल्लामा ह्युमानिटी फाउन्डेसनले वृहत वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाको प्रमुख आतिथ्यमा जहदा गाउँपालिका वडा नम्बर २ मझारेमा वृक्षरोपण सम्पन्न भएको हो ।

सो अवसरमा कांग्रेस नेतृ कोइरालाले स्व.शैलजा आचार्यले थालनी गरेको कामलाई निरन्तरता दिनुपर्ने बताइन् ।

‘शैलजा आचार्यले यस क्षेत्रमा विकासको थालनी गर्नुभएको थियो’, नेतृ कोइरालाले भनिन्, ‘अब यसलाई हामीले निरन्तरता दिनुपर्छ ।’

नेतृ कोइरालाले स्व.शैलजा आचार्य एक विकास प्रेमी नेतृ भएको बताइन् ।

प्रवेश मण्डलकोे अध्यक्षतामा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथि कांग्रेसका मोरङ जिल्लाका सचिव नागेश कोइराला, विराटनगर महानगर कार्यसमितिका सचिव प्रकाश दाहाल, फाउन्डेसनका संस्थापक सलिम अन्सारी रहेका थिए ।

Published : Wednesday, 2020 January 29, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया