सुशील कोइराला फाउण्डेशनको भवन बन्ने

विराटनगर । नेपाली कांग्रेसका तत्कालीन पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृतिमा स्थापित ‘सुशील कोइराला फाउण्डेशन’को भवन विराटनगरमा निर्माण हुने भएको छ ।

फाउण्डेशनका अध्यक्ष मृदुला कोइरालाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भवनको अगामी माघ १६ गते शिलान्यास गरिने जानकारी दिएकी छिन् ।

स्वर्गीय कोइरालाले नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा पु¥याएको अथक योगदानका बारेमा नयाँ पुस्तालाई जानकारी दिन रु दुई करोड ५० लाखको लागतमा फाउण्डेशन निर्माण गरिन लागेको उनले बताइन् ।

भवन निर्माणमा प्रदेश १ को कम्युनिस्ट सरकारले रु ७५ लाख र विराटनगर महानगरपालिकाले तीन कट्ठा जग्गा सहयोग गरेका छन् ।

कम्युनिस्टहरूले संविधान बनाउन नसकेपछि सुशील कोइरालाकै नेतृत्वमा संविधान जारी भएको थियो ।

पहिलो संविधान सभामा कम्युनिस्टहरूको बहुमत थियो । कम्युनिस्टहरूले संविधान बनाउन सकेनन् । दोस्रो पटक संविधान सभाको निर्वाचन भयो ।

नेपाली कांग्रेस पहिलो पार्टी बनेर आयो । जनताले नेपाली कांग्रेसलाई साथ दिए । नेपाली कांग्रेसका तत्कालीन सभापति समेत रहेका सुशील कोइराला प्रधानमन्त्री थिए ।

उनै सुशील कोइरालाको नेतृत्वमा कम्युनिस्ट र अन्य दलहरूलाई विश्वासमा ल्याएर दुईतिहाइभन्दा धेरै बहुमतका साथ संविधान जारी भएको थियो । नेपालको राजनीति र ईतिहासमा सुशील कोइरालाको ठूलो योगदान रहेको छ ।

Published : Wednesday, 2020 January 29, 9:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया