यी पाँच जना एसएसपीहरू डीआईजी बन्दै
काठमाडौं । सशस्त्र प्रहरी बलका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् ।
सिफारिसमा पर्नेमा कृष्णभक्त ब्रम्हाचार्य, बंशिराज दाहाल, हरिशंकर बुढाथोकी, ई. किशोर प्रधान र राजेन्द्र बस्नेत छन् ।
बढुवा सिफारिसमा पहिलो नम्बरमा रहेका ब्रम्हाचार्य एसएसपीमा वरिष्ठतामा दोस्रो स्थानमा थिए ।
पहिलो नम्बरका बुढाथोकी तेस्रो नम्बरमा पुगेका छन् । तेस्रो नम्बरका बस्नेत पाँचौ नम्बरमा पुगेका छन् ।
एसएसपीमा उनीहरूसँगै बढुवा भएका हरिश्चन्द्र अधिकारी भने बढुवा सिफारिसमा पर्न सकेनन् ।
पाँचौ नम्बरका दाहाल दोस्रो र छैठौं नम्बरका प्रधान चौथो स्थानमा बढुवा सिफारिसमा परेका छन् ।
Published : Tuesday, 2020 January 28, 10:11 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया