कांग्रेस चुप बस्दा कम्युनिस्ट सरकार मात्तियोः सिटौला
भैरहवा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशमा परिवर्तन र सन्तुलित राज्य व्यवस्था ल्याए पनि विचारमा परिवर्तन नभएको बताएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री समेत रहेका मन्त्री सिटौलाले जेसिआई सिद्धार्थ नेपालको ४५ औं पदस्थापन समारोहमा बोल्दै निजी स्वार्थमा देश आक्रान्त भएकोले मनभित्रदेखि परिवर्तन गर्नुपर्ने बताए ।
‘यो आत्मनिरीक्षण गर्ने समय हो’, उनले भने, ‘व्यवस्थामा परिवर्तन ल्याउन र अरुलाई सुधार्न सजिलो छ । तर आफूमा परिवर्तन ल्याउन कठिन रहेकाले परिवर्तन नै अहिलेको देशको आवश्यकता भएको छ ।’
उनले भने, ‘देशमा सन्तुलन कायम नभएकोले पञ्चायत कालदेखि स्थापित युवाहरूको यो संस्थाले विधिको शासनमा नै रही सन्तुलित राज्य व्यवस्थासहितको परिवर्तन ल्याउन जरुरी छ ।’
‘अहिलेको परिप्रेक्ष्य भनेको गर्ने ठाउँमा कम्युनिस्ट सरकार छ बोल्ने ठाउँमा प्रतिपक्ष छ’, सिटौलाले भने, ‘गर्नुपर्ने सरकारले बजेट बनाउने, पास गर्ने, कार्यक्रम जनतामा लैजानुको साटो बोल्ने मात्र गरेको र बोल्नु पर्ने प्रतिपक्षले नबोली कुरेर बस्ने गरेकोले देशमा सन्तुलन कायम नभएको हो ।’
‘कम्युनिस्ट सरकार र प्रतिपक्षको अन्तिम मूल्याङकन गर्ने समय अझै आएको छैन’, उनले भने, ‘बाँकी २ वर्षमा सबैले आत्मनिरीक्षण र मूल्याङ्न गर्नुपर्छ ।’
‘गुण र दोष के के हुन् जनताले छुट्याउने नै छ’, उनले भने, ‘यो सूचनाको हक पत्रकारको मात्र नभएर आम जनतालाई सूचना दिने अधिकार हो ।’
‘जनताको करबाट चलेको देशको बारेमा जानकारी राख्नु जनताको अधिकार हो’, सिटौलाले भने, ‘प्रेसको अधिकारको विषयमा नागरिक नै देशको मालिक भएकोले जान्ने अधिकार पनि नागरिकलाई हुनुपर्छ ।’
सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारी, पूर्व अध्यक्ष आदित्यनारायण कसौधन, ओमकुमार श्रेष्ठ, निर्वाचन आयुक्त डा. शम्भुकुमार गुप्ता, जेसिआई सिद्धार्थ लेडीका अध्यक्ष पार्वती पौडेल, गोपाल भण्डारी लगायतले शासन व्यक्तिको हैन बिधिको हुनुपर्दछ भन्ने मान्यताका साथअघि बढेको जेसिसले आगामी दिनमा सामाजिक सचेतनाका कार्यक्रममा अघि बढने, युुवाहरूले आफ्नो नेतृत्व र व्यक्तिव विकास गर्दै राष्ट्र निर्माणमा योगदान र्पुयाउनुपर्ने, जेसिसहरुले आफ्नो आस्थाभित्र रहेर जिम्मेवारी बहन गर्दै जनचेतनाका कार्यक्रम निरन्तरता दिँदै आस्थामा आधारित रहेर अवलम्बन र आत्ममूल्याङन गर्नुपर्ने बताए ।
जेसिआई सिद्धार्थ नेपाल वर्ष २०१९ का अध्यक्ष राकेश गुरुङले २०२० का अध्यक्ष मंगल भण्डारीलाई पद हस्तान्तरण गरेका थिए ।
नवनिर्वा्िचत अध्यक्षले पदाधिकारीहरूलाई सामुहिक रुपमा पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
पदस्थापन कार्यक्रममा विभिन्न जिल्लामा रहेका जेसिसका अध्यक्ष तथा प्रतिनिधि, पूर्व अध्यक्ष, संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया