दीपक मनाङेलाई ‘उडुस’ले टोकेन
पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गण्डकी प्रदेशका प्रदेश सभा सांसद राजीव गुरुङ भनिने दीपक मनाङे आइतबार साँझ छुटेका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई छ हजार धरौटी लिएर तारेखमा छोडेको हो । उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।
मनाङेले जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई तीन झापड हानेपछि गुरुङको जाहेरीका आधारमा कास्की हिरासतमा तीन रात बिताएका छन् ।
कास्कीको हिरासत आफूलाई मन परेको बताएका छन् । ‘काठमाडौंमा भन्दा ठीक रहेछ’, उनले भने, ‘यहाँ उडुस देखिन के मैले, काठमाडौंमा उडुस बढी हुन्छ के मलाई त मजै लाग्यो, रेस्ट गर्न पायो । २ दिन मजाले सुतेँ ।’
उनले जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफ्नै बेवकुफीका कारण मुद्दा खेपेको बताए ।
‘त्यो मान्छे बेवकुफ लाग्यो मलाई । अहिले उसले आफैं दुख पाएको छ, मैले त्यसलाई मुद्दा हालेको पनि छैन्’, उनले भने, ‘मुद्दालाई राजनीतिकरण गरे । मनाङबाट आएको टिमलाई हेरेन भन्ने सानो डिस्कसलाई यत्रो मुद्दा बनाइयो ।’
‘हाम्रो मनाङलाई गाह्रो छ, हाम्रो बेस यहाँ होइन् । मैले जिल्लावासीलाई परेको प्रब्लम मैले हेर्नैपर्छ’, मनाङेले भने, ‘यसले यस्तो ठुलो स्क्याण्डल बनाइदियो र अहिले आफैले दुख पाएको छ ।’
‘अहिलेसम्म १५ १६ जना मुद्धा हाल्न आएका छन्’, उनले भने, ‘आफै ठग्यो, ठगले मुद्धा हालेपछि देश सकियो त ।’ मिलन गुरुङलाई पनि प्रहरीले शुक्रबार बैंक ठगी प्रकरणमा पक्राउ गरेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया