समाचारमा कुनै सत्यता छैनः सांसद पौडेल
काठमाडौं । प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलले प्रधानमन्त्री खड्गप्रसाद ओली र नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंहको भेटवार्ता नभएको बताएकी छिन् ।
नेकपा (मसाल)की नेतृ समेत रहेकी सांसद पौडेलले रिपब्लिका दैनिकमा प्रकाशित समाचार आफूविरुद्ध रहेको भन्दै खण्डन गरेकी हुन् । सांसद पौडेल र नेपाल कम्युनिस्ट पार्टी (मसाल)का प्रवक्ता रामप्रकाश पुरीले खण्डन पठाइ समाचारको खण्डन गरेका हुन् ।
परिपब्लिका दैनिकले सम्प्रेषण गरेको समाचारमा कान्छी पत्नीलाई उपसभामुख वा मन्त्री बनाउन पतिको दौडधुप गरेको भनेर समाचार प्रकाशित गरेको थियो । सो समाचारमा कुनै सत्यता नरहेको पौडेल र पुरीले जनाएका छन् ।

Published : Saturday, 2020 January 25, 10:32 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया