सत्तारुढ शक्तिशाली कम्युनिस्टहरूलाई यी पचास भाईले दिए तनाब

रसुवा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रसुवाका ५० जना नेता तथा कार्यकर्ताहरूले पार्टी परित्या गरेका छन् ।

खेलकुद विकास समितिमा एकलौटी ढंगले नियुक्ति गरेको भन्दै नेकपा कार्यकर्ताले बुधबार पार्टी परित्याग गरेका हुन् ।

नेकपामा आबद्ध जिल्ला खेलकुद विकास समिति रसुवाका पूर्वअध्यक्ष तेम्पासिंगी तामाङ सहित ५० जनाले पार्टी परित्याग गरेको विज्ञप्तिमा उल्लेख छ ।

खेलकुद विकास समितिमा सहमति बिना नयाँ अध्यक्ष नियुक्त गरेको भन्दै तामाङसहित ५० जनाले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरिएको उल्लेख छ ।

तामाङलाई नै अध्यक्ष पदमा पुनर्बाहली गर्ने सहमति भएकोमा अन्तिममा आएर धोका दिएको प्रेस विज्ञप्तिमा दाबी गरिएको छ ।

तामाङले २०७२ सालदेखि हालसम्म जिल्ला खेलकुद विकास समिति रसुवाको अध्यक्ष पदमा रहेर काम गरेका थिए ।

दावा तामाङ जिल्ला खेलकुद विकास समिति रसुवाको अध्यक्ष पदमा चयन भएका छन् ।

पूर्वअध्यक्ष तामाङ पार्टी कार्यसमिति सदस्य, २०६५ सालमा युवा संघ रसुवजाको अध्यक्ष, २०६७ सालमा युवा संघ नेपालको केन्द्रियसदस्य तथा युवा संघ नेपालको पश्चिम बागमती सचिव भएका थिए ।

मागको सुनुवाइ नभए आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् ।

Published : Thursday, 2020 January 23, 8:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया