राईले पाए लुम्बिनीको जिम्मेवारी
बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषको सदस्य सचिवको जिम्मेवारी कोषका वरिष्ठ अधिकृत ज्ञानिन राईलाई दिएको छ ।
राईलाई सदस्य सचिवका रुपमा काम गर्ने अख्तियारी दिएको हो । खोटाङ घर भएका राई लुम्बिनी विकास कोषको काठमाडौं सम्पर्क कार्यालयका प्रमुख साथै बरिष्ठ अधिकृत हुन् ।
यसअघि कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले निमित्त सदस्य सचिवको जिम्मेवारी सम्हालेका थिए ।
तत्कालीन सदस्य सचिव अजितमान तामाङको २०७४ साल मंसिर महिनामा ५ वर्षे पदावधि सकिएपछि कोष सदस्यसचिव विहीन छ ।
खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव चयनका लागि प्रकृया शुरु भएकामा सरकारले कार्यविधि विपरीत तत्कालीन पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णु ढकाललाई सोझै नियुक्त गरेपछि उनीविरुद्ध उजुरी परेपछि ढकालको नियुक्ति सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।
सदस्य सचिवको जिम्मेवारी पाएका राई लुम्बिनी र बुद्धिज्मबारे राम्रो जानकार र अन्तर्राष्ट्रिय संघ संस्थाहरूसंग राम्रो सम्पर्क भएका कर्मचारी हुन् ।
उनले लामो समय लुम्बिनीस्थित कोषको कार्यालयमा सूचना अधिकृतको रुपमा पनि काम गरेका थिए ।
लुम्बिनी विकास कोष लामो समयसम्म सदस्य सचिव विहीन हुँदा गुरुयोजना लगायतका कामहरू प्रभावित भएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया