कास्कीमा किन पराजित भयो कांग्रेस ?
पोखरा । नेपाली कांग्रेस कास्कीले कास्की क्षेत्र नं २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको समीक्षा भेला गरेको छ ।
समीक्षामा जिल्ला कार्यसमिति कास्की, क्षेत्रीय समिति र सम्बन्धित क्षेत्रका वडा इकाइ सभापतिको सहभागिता रहेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
सत्तारुढ नेकपाले राज्य शक्तिको दुरुपयोग गरेर उपनिर्वाचनलाई आफ्नो पक्षमा बनाएको निष्कर्ष निकालेको कांग्रेसले लोकतान्त्रिक प्रक्रियालाई स्वीकार गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।
भेलाले केही वडाहरूमा पार्टीको विगतको तुलनामा मत बढेको र केहीमा घटेको भन्दै त्यसलाई सुक्ष्म अध्ययन गरी पार्टीलाई सशक्त बनाउन जुट्ने निर्णय गरेको छ ।
भेलामा कांग्रेस केन्द्रीय सदस्य डा.मीलेन्द्र रिजालले कास्कीमा निर्वाचनको परिणाम चित्त बुझ्दो नभएपनि उपनिर्वाचनमा कांग्रेसको पक्षमा ६ प्रतिशत मत बढेको बताए ।
भेलामा नेपाली कांग्रेसका नेता तारानाथ रानाभाट, शुक्रराज शर्मा, पूर्वमन्त्री यज्ञबहादुर थापा, राष्ट्रियसभा सदस्य बृन्दादेवी राना लगायतका १५ जना नेता तथा कार्यकर्ताले आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रम कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया