अनेरास्ववियूमा पूर्वएमाले र पूर्वमाओवादीवीच हँगामा
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी भ्रातृ संगठन अनेरास्ववियूको बैठकमा पूर्वएमाले र पूर्वमाओवादी निकटका विद्यार्थीवीच भाँडभैलो मच्चिएको छ ।
आइतबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा दुई विद्यार्थी संगठनवीचको एकीकरणपछि बसेको पहिलो पूर्ण बैठक र शपथ ग्रहणको कार्यक्रममा पूर्वएमालेवालाहरूले पेल्न खोजेपछि हँगामा भएको हो । पूर्वएमालेबाट पेल्न खोजेको भन्दै पूर्वमाओवादी निकटका विद्यार्थीले हँगामा माच्चाएका थिए ।
नेकपा (एमाले) र माओवादी केन्द्रवीच पार्टी एकीकरण भएपछि सहज रुपमा समायोजन हुन सकिरहेको छैन । दुई अध्यक्ष एक भएको जस्तो देखिएपनि नेकपाभित्र असन्तुष्टि रहेको छ ।
समायोजनका क्रममा अनेरास्ववियू पूर्वएमालेको भागमा परेको छ । संयोजकमा ऐन महर छन् । महर पूर्वएमाले हुन् । पूर्वमाओवादीका विद्यार्थी नेता रञ्जित तामाङ अनेरास्ववियूका सहसंयोजक छन् ।
अनेरास्ववियूको बैठक र शपथ ग्रहणमा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओली र नेकपाका दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल आउने जानकारी दिइएको थियो । तर, ओलीले स्वास्थ्यको कारण देखाउँदै आफू अनेरास्ववियूको कार्यक्रममा आउन नसक्नेभन्दै नेकपाका महासचिव विष्णु पौडेललाई पठाइदिएका थिए ।
ओली आफू नगएर महासचिव पौडेललाई अनेरास्ववियूको कार्यक्रममा पठाएपछि दाहालपनि गएनन् । ओलीले आफूलाई महासचिव पौडेलसँग कार्यक्रममा पठाएको भन्दै अपमान ठानेर अनेरास्ववियूको कार्यक्रममा नगएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले अनेरास्ववियूमा पूर्वमाओवादीकाे पकड रहेको भन्दै अनेरास्ववियूकाे कार्यक्रममा पाैडेललाई पठाएकाे एक केन्द्रीय सदस्यले बताए । पौडेलले नै अनेरास्ववियूका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई आइतबार पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।
नेकपाका महासचिव पौडेलसँग ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटीका सदस्यले शपथ लिएका छन् ।
अनेरास्ववियूले संगठनमा ४५ सदस्यीय स्थायी समिति पनि बनाएको छ । ४५ सदस्यीय स्थायी समितिमा पूर्वएमाले निकट अनेरास्ववियूबाट २४ र पूर्वमाओवादी निकट अनेरास्ववियू (क्रान्तिकारी)बाट २१ जना छन् । यसअघि अनेरास्ववियू १८ पुसमा एकीकृत केन्द्रीय समितिको नाम टुंगो लगाएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया