संसद भनेकाे नेकपा–ओली–दाहालको पेवा होइनः रामहरि खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई ठूला शीर्ष नेताहरूको व्यक्तिगत स्वार्थका कारण प्रतिनिधि सभालाई बन्धक बनाएको भन्दै आक्रोश पोखेका छन् ।
नेपाली कांग्रेसका नेता खतिवडाले आइतबार प्रेस नोट जारी गरेर नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकलम दाहालले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न संसदलाई एक महिनाभन्दा धेरै समयदेखि बन्धक बनाएको बताए ।
देशका लागि कानून बनाउने अधिवेशनलाई व्यक्तिगत स्वार्थमा बन्धक नबनाउन खतिवडाले ओली र दाहाललाई सुझाव दिए । उनले भने, ‘नेकपा–ओली–दाहालको पेवा होइन संसद । संसद नेपाली जनताको आवाज उठाउने थलो हो ।’
‘तपाईहरूले जसलाई सभामुख बनाए पनि बनाउनुस् । नेपाली कांग्रेसलाई केही भन्नु छैन’, खतिवडाले भनेका छन्, ‘तर जनताका कुरा राख्ने संसदलाई खड्गप्रसाद ओलीजी र पुष्पकमल दाहालजीले बन्धक बनाउन पाउनु हुन्न ।’
नेपाली कांग्रेसका युवा नेता खतिवडाले नेकपाले संसदलाई सचिवालयमार्फत चलाएको भन्दै आक्रोश पोखेका छन् । ‘नेकपाले संसदलाई आफ्नो केन्द्रीय सचिवालयमार्फत चलाउन खोज्यो’, उनले भने, ‘सचिवालयबाट पनि अहिले आएर ओली र दाहालजीले चलाउन थाल्नुभएको छ ।’
विगतमा नेकपा (एमाले)ले संसदलाई ५६ दिनसम्म चल्न नदिएर बन्धक बनाएको स्मरण गरेका नेपाली कांग्रेसका नेता खतिवडाले भने, ‘ओली–दाहालले संसदीय पद्धतिलाई नै धावा बोल्न थाल्नुभएको छ । व्यक्तिगत स्वार्थमा लागेर संसदीय पद्धति मास्न खोज्नुभएको छ । नेपाली कांग्रेसलाई यो कुरा सैह्य छैन ।’
नेकपाले सभामुखका विषयमा निर्णय गर्न नसक्दा विगत एक महिनादेखि संसदको बैठक सूचना टाँस गरेर स्थगित हुँदै आएको छ । नेपाली कांग्रेसले सूचना टाँस गरेर संसद स्थगित गरेकोमा असन्तुष्टि जनाउँदै आएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया