शक्तिशाली मन्त्रीको जिल्लामा भत्कियो कम्युनिस्ट किल्ला, कांग्रेसमा भित्रिए सयौँ कार्यकर्ता
जाजरकोट । कम्युनिस्टहरूले आफ्नो आधार किल्ला भनेर दाबी गरेको जाजरकोट जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सयौँ नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कम्युनिस्टहरूलाई धोकेबाज र गफाडीको संज्ञा दिँदै नेकपाका सयौँ नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूलाई जाजरकोट कांग्रेसले अवीर, फूलको माला र न्यानो मायासहित पार्टीमा भित्र्याएको छ । नेपाली कांग्रेस प्रवेश गर्नेमा राप्रपाका नेता तथा कार्यकर्ताहरू पनि छन् ।
नेपाली कांग्रेस जाजरकोटका लोकप्रिय नेता वेदराज सिंहले फेसबुकमा विभिन्न कार्यक्रमहरूका तस्वीरहरू राखेर लेखेका छन्, ‘ईच्छा शक्ति चाहियो परिणाम सम्भब छ ।’ नेता सिंहको खुट्टा फ्याक्चर भएपछि तीन महिनादेखि उपचार गराइरहेका छन् । उनी दुई वटा बैशाखीको सहारामा हिडडुल गर्छन् ।
‘मेरो खुट्टा फ्याक्चर भएको ३ महिना भयो खुट्टामा राखेको २ वटा रड निकाल्न बाकी छ’, उनले भनेका छन्, ‘मलाई नेपाली कांग्रेस जाजरकोटका आदरणीय नेता कार्यकर्ताको अपार मायाले घर बसिराख्न दिएन ।’
नेपाली कांग्रेस जाजरकोटले पुस २१ गते शुरूवात गरेको यात्रा पुस २५ गते सकिएको छ । यात्राका क्रममा नेकपाका तीन सयभन्दा धेरै नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा भित्रिएका छन् ।
पार्टी समायोजन र संगठन निर्माणका कामहरू पनि सम्पन्न भएका छन् ।
जाजरकोट जिल्लाको कुशे गाउँपालिकामा दुई वटा कार्यक्रम भएका छन् । ती कार्यक्रमहरूमा नेकपा र राप्रपा पार्टी परित्याग गरी ३ सय ८५ जना नेता तथा कार्यकर्ताहरूले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार कुशे गाउँपालिका, छेडागार नगरपालिका, शिवालय गाउँपालिका, नलगाड नगरपालिकाको संगठन समायोजनको काम पनि सम्पन्न भएको छ ।
बारेकोट गाँउपालिका र जुनिचादे गाउँपालिकाको समायोजन गरेर क्रमशः क्षेत्रीय सभापति महेन्द्र शाह र उपसभापति सर्पराज रावतलाई जिम्मेवारी दिइएको छ ।
नवप्रवेशी तथा समायोजनमा नेतृत्व लिने सबैलाई नेता तथा कार्यकर्ताहरूलाई नेपाली कांग्रेस जाजरकोटले बधाई दिएको छ । साथै जाजरकोट कांग्रेसले सफल कार्यकालको लागि शुभकामना पनि दिएको छ ।
खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारमा वनमन्त्री रहेका शक्ति बस्नेतको गृहजिल्ला जाजरकोटलाई नेकपाले आफ्नो आधार जिल्ला अर्थात ‘लाल किल्ला’का रुपमा हेर्दै आएको छ ।
नेकपाका दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको विश्वासपात्र भएकै कारण कार्यसम्दान गर्न नसक्दा पनि मन्त्रीमा टाँसिरहेका बस्नेतलाई नेपाली कांग्रेस जाजरकोटले धक्का दिएको छ ।
मन्त्री बस्नेतले आफ्नै जिल्लाका लागि विकासको कार्यक्रम गर्न नसकेपछि स्थानीय मतदाताहरू रिसाएका छन् ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया