विश्वप्रकाशद्वारा धादिङका असाह्य परिवारलाई आर्थिक सहयोग प्रदान
धादिङ । नेपाली कांग्रेसका युवा नेता एवम् प्रवक्ता विश्वप्रकाश शर्माले धादिङ जिल्लामा बिरामी र गरिवीले थलिएको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
धादिङ जिल्लाको निलकण्ठ नगरपालिका वडा नमबर १२ आँगेटारी निवासी बालिका करिना थापा मगर पीडित परिवारलाई प्रवक्ता शर्माले आफ्नो तर्फबाट व्यक्तिगत १० हजारसहित १ लाख ६१ हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेका हुन् ।
‘आमालाई प्यारालाइसिस, बहिनीलाई अज्ञात रोग, पिताले गरे आत्महत्या’, ट्वीट गर्दै शर्माले भनेका छन् ।
घर परिवारको हेरचाह असहाय १२ वर्षीया बालिकाले हेर्दै आएकी छिन् ।
नेपाली जनसम्पर्क समिति साइप्रसले १ लाख १ हजार र डेनमार्कले ५० हजार रुपियाँ तथा नेपाली कांग्रेसका प्रवक्ता शर्माले आफ्नो व्यक्तिगततर्फबाट १० हजार थपेर विपन्न परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।
प्रवक्ता शर्माले धादिङको गाउँकै झुपडी पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेको बताएका छन् ।
बालिका करिना थापा मगरको परिवार अत्यन्तै विपन्न र गरिवीसँग जुधिरहेको नेपाली कांग्रेस धादिङका जिल्ला सभापति रमेश धमलाले जानकारी दिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया