भारतले पाम आयालमा रोक लगायो, कांग्रेसद्वारा आपत्ति
काठमाडौं । नेपाली कांग्रेसले प्रशोधित पाम आयलमा भारतले रोक लगाएपछि नेपालमा प्रशोधित पाम आयल भारतमा निर्यात नहुने अवस्था सृजना भएको भन्दै समस्याको समाधान खोज्न खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारसँग आग्रह गरेको छ ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले शुक्रबार साँझ विज्ञप्ति जारी गरेर नेपालमा उत्पादित पाम आयल खेर जाने र उद्योगी व्यवसायीहरूको लगानी जोखिममा पर्नुका साथै उद्योगका श्रमिक तथा कर्मचारीहरूको रोजगारीमा समेत संकट उत्पन्न हुने अवस्थाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘नेपालबाट निर्यात हुने प्रमुख वस्तु मध्ये पाम आयल पनि एक हो’, विज्ञप्तिमा खाँणले भनेका छन्, ‘जसले राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पुर्याइरहेको छ ।’
‘यस सम्बन्धमा नेपाल सरकारले कुटनीतिक पहल गरी नेपालमा प्रशोधित पाम आयल अन्य मुलुकमा निर्यातका लागि सहज वातावरण गराउन ध्यानाकर्षण गराउँदछौं’, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक खाँणले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया