कम्युनिस्टहरू ईमान्दार छैनन्, तरुण कांग्रेस जाग्ने बेला आयोः उत्तम चापागाइँ
भोजपुर । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता उत्तम चापागाइँले जनताले दिएको जनमत उल्लंघन गरेर कम्युनिस्ट सरकारले संविधानले दिएका अधिकारहरूमाथि धावा बोल्न थालेको आरोप लगाएका छन् ।
भोजपुरको षडानन्द नगरपालिकामा शुक्रबार नेपाली कांग्रेसको समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै चापागाइँले संविधानका अधिकारलाई मिच्ने कार्य आफूहरूलाई स्वीकार नहुने बताए । उनले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई असफल बनाउन कम्युनिस्ट सरकार लागेको आरोप लगाए ।
‘संविधान सभामा पहिलो पटक बहुमत हुँदा पनि कम्युनिस्टहरूले संविधान बनाउन सकेनन् । संविधान बनाउन नेपाली कांग्रेस नै चाहियो’, उनले भने, ‘कांग्रेसले संविधानलाई ईमान्दारिताका साथ कार्यान्वयन गरेको छ । तर, यो कम्युनिस्ट सरकार संविधान कार्यान्वयनमा ईमान्दार देखिएन ।’
भाषा नबुझिने सुशील कोइरालाको नेतृत्वको सरकारले संविधान बनाएको बताएका कांग्रेसका युवा नेता चापागाइँले भने, ‘हाम्रो अहिलेको प्रधानमन्त्रीको कुरा स्पष्ट बुझिन्छ । तर, उहाँको काम बुझिदैन । उहाँले संविधानलाई असफल बनाउन विभिन्न फण्डाहरू संसदमा पेस गर्नुभएको छ ।’
जनताको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न ल्याइएको सूचना प्रविधि र विशेष सेवा ऐन विधेयकहरू संविधानले दिएको अधिकार विपरित रहेको भन्दै तरुण दलका केन्द्रीय उपाध्यक्ष चापागाइँले फिर्ता गर्न चेतावनी दिए । उनले संविधानको रक्षाका लागि देशभरिका तरुणहरू एक हुने बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया