कम्युनिस्टले दुःख दिएपछि कार्यकर्ताहरूको रक्षामा उभियो कांग्रेस, औकातमा बस्न चेतावनी
काठमाडौं । नेपाली कांग्रेसले राजनैतिक पूर्वाग्रह राखेर नेता तथा कार्यकता, र व्यापारीहरूलाई झुठ्ठा मुद्धा लगाएर दुःख दिएको भन्दै आक्रोश पोखेको छ ।
नेपाली कांग्रेस संसदीय दलको बिहीबार सिंहदरबारमा बसेको बैठकले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले राजनीतिक पूर्वाग्रह राखेर झुठ्ठा मुद्धा लगाइ दुःख दिएको आरोप लगाएको हो ।
‘राजनैतिक पूर्वाग्रह राखी राजनैतिक दलका नेता, कार्यकर्ता, व्यापारी एवं सर्वसाधरण माथि झुठ्ठा मुद्दा लगाउने कार्य तत्काल बन्द गरियोस्’, बैठकका बारेमा जानकारी दिँदै राष्ट्रिय सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पौडेलले भने ।
नेपाली कांग्रेसले राजनीतिक आस्थाका कारण दुःख दिने कार्य तत्काल बन्द गर्न कम्युनिस्ट सरकारलाई चेतावनी दिएको छ ।
नेपाली कांग्रेसले कम्युनिस्ट सरकारले रौतहटबाट निर्वाचित सांसद मोहम्मद अफ्ताब आलमलाई अपराधीको व्यवहार गरेको भन्दै आक्रोश जनाएको छ ।
‘रौतहट जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहमद अफ्ताब आलममाथि राजनैतिक पूर्वाग्रह राखी झुठ्ठा प्रमाणहरू संकलन गर्दै षड्यन्त्रपूर्वक फसाउँने कार्यको नेपाली कांग्रेस संसदीय दल घोर आपत्ति व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
‘स्वतन्त्र र निष्पक्ष छानविनमाथि सरकारले पूर्वाग्रही ढंगबाट हस्तक्षेप नगर्न समेत सचेत गर्दछ’, नेपाली कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया