कान्छी पत्नीलाई उपसभामुख वा मन्त्री बनाउन पतिको दौडधुप

काठमाडौं । नेकपा (मशाल)का महामन्त्री मोहनविक्रम सिंहले आफ्नी कान्छी पत्नी दुर्गा पौडेललाई उपसभामुख वा मन्त्री बनाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका छन् ।

दाहालसँगको भेटमा नेता सिंहले पौडेललाई उपसभामुख बनाउन आग्रह गरेका हुन् । उपसभामुख बनाउन नसके मन्त्री भएपनि बनाउन सिंहले दाहालसँग आग्रह गरेको नेकपा निकट उच्च स्रोतले जनाएको छ ।

सरकारलाई समर्थन गरेकी पौडेल तत्कालीन एमालेको समर्थनमा प्यूठानबाट प्रतिनिधि सभामा विजयी भएर आएकी थिइन् । पौडेल प्रतिनिधि सभामा स्वतन्त्र सांसदको हैसियतमा छिन् ।

सभामुख नेकपाले लिएमा उपसभामुख पद नेकपाले लिन नमिलने संवैधानिक व्यवस्था छ ।

त्यसैले उक्त पद पौडेलका लागि उपयुक्त हुने सिंहले नेकपाका अध्यक्ष दाहालसँग आग्रह गरेका छन् ।

संसदको अधिवेशन पुस ४ गतेबाट शुरु हुँदैछ । सभामुख र उपसभामुखका लागि दौडधूप चलेको छ ।

Published : Thursday, 2019 December 19, 8:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया