पौडेल समूहले बोहराटारमा देउवासंग खोज्यो भाग, विभाग थप्न नदिने
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका केन्द्रीय सदस्यहरूको गुटको भेलाले सभापति शेरबहादुर देउवाद्वारा विभागको संख्या बढाउन गरिएको प्रस्तावलाई अस्वीकार गर्ने निस्कर्ष निकालेका छन् ।
काठमाडौंको बोहराटारस्थित नेता पौडेलको निवासमा बुधबार बसेको गुटको भेलालले देउवालाई असहयोग गर्ने निर्णय गरेका हुन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले सभापति देउवाबाट विधान विपरित भएका गतिविधि र कार्यहरूलाई साथ दिन नसकिने निर्णय गरेको बताए ।
पौडेल समूहले सभापति देउवाले सहमतिबिना पार्टीलाई अगाडि बढाएको आरोप लगाएको छ ।
सहमतिबिना विभागको संख्या बढाउने प्रस्तावलाई पनि पौडेल समूहले अस्वीकार गर्ने निर्णय गरेको हो । पौडेल समूहको निर्णयले सभापति देउवालाई तनाब बढाइदिएको छ ।
सभापति देउवाले विभाग संख्या २८ बाट ४१ पुर्याएपछि पौडेल समूह चिढिएको छ । भेलामा छुट्टै समूहको नेतृत्व गरेका कृष्णप्रसाद सिटौला समेत सहभागी रहेको केन्द्रीय सदस्य ह्रदयराम थामीले जानकारी दिएका छन् ।
नेपाल तरुण दल र नेविसंघमध्ये एउटाको संयोजक पाउनुपर्ने पौडेल समूहले भेलामा माग गरेको छ ।
पौडेल समूहको वार्ता समितिमा प्रकाशमान सिंह, दिलेन्द्रप्रसाद बडू र ह्रदयराम थानी छन् ।
पौडेल समूहको भेलाले पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका यथाशाक्य ल्याउनका लागि दबाब दिन वार्ता समितिलाई निर्देशन दिएको छ ।
बोहराटारको गोप्य भेलामा पौडेल समूहका करीव ३० जना केन्द्रीय सदस्यको सहभागिता थियो ।
पौडेल समूहले समय माग गरेका कारण बुधबारको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया