कांग्रेसको बैठकबारेमा नयाँ सूचना, के भन्छन् विश्वप्रकाश ?
काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आन्तरिक छलफलमा रहेका कारण नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बुधबार बस्ने भनिएको बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
‘सहमतिको लागि नेताहरू लाग्नुभएको छ । सहमति गरेरै शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्ने गरेर आजका लागि बोलाइएको बैठक स्थगित भएको छ’, शर्माले भने ।
विभागहरूको संख्या बढाउने प्रस्ताव सभापति शेरबहादुर देउवाले अगाडि सारेपछि पौडेल समूहले बखेडा निकालेर बैठक बहिस्कार गरेको थियो ।
पौडेल समूहले १४औँ महाधिवेशनको कार्यतालिका माग गर्दै आएको छ ।
संस्थापनले कार्यतालिका ल्याउन पनि तयार भएको छ । तर, पौडेल समूहले ६०–४० को भागबण्डा खोजेपछि बुधबारको बैठक बस्न नसकेको हो ।
पौडेल समूहले बोहराटारमा आफू निकटका केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ । भेलामा संस्थापनसँग कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल चलाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया