हुम्लामा कम्युनिस्ट सरकारविरुद्ध कांग्रेसको प्रदर्शन, हिउँमाथि सयौँ कार्यकर्ता

हुम्ला । नेपाली कांग्रेस हुम्लाले सिमिकोटमा दुईतिहाइको कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

मंगलबार दिउँसो सिमकोटको कालीचोकमा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयबाट बिरोध प्रदर्शन शुरु भएको थियो । विरोध प्रदर्शनले सिमकोट बजार परिक्रमा गरेको थियो ।

बजार परिक्रमापछि मानसरोवर बहुमुखी क्याम्पसको प्राङ्गणमा नेपाली कांग्रेसले विरोध सभा गरेको थियो ।

दुईतिहाइ बहुमतको प्रदेश र संघीय सरकारको चर्को आलोचना गरेको नेपाली कांग्रेसले विरोध सभामार्फत तीन तहमा देखिएको भ्रष्टाचार र अनियमितताको भण्डाफोर गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री जीवनबहादुर शाहीले प्रहरी प्रशासन मात्र नभइ न्याय क्षेत्र पनि नेकपाको इसारामा चलेको आरोप लगाए ।

हुम्ला जिल्लामा बढ्दो भ्रष्टाचार र अनियमिताविरुद्ध प्रहरी प्रशासन तथा कार्यालय प्रमुखहरूले समेत नेकपाको इसारामा चलेर जनतालाई विभेद गरिरहेको उनले बताए ।

नेकपाको निर्देशनमा हुम्लामा भइरहको विभेदविरुद्ध हुम्लाका जनताले सशक्त प्रतिकार गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य शाहीले चेतावनी दिए ।

हुम्ला जिल्लामा स्थानीय प्रशासन र सरकारी कार्यालय प्रमुखहरूबाट यस्तै ज्यादती हुँदै जाने हो भने नेपाली कांग्रेस र हुम्ली जनता त्यसको प्रतिकार गर्न तयार रहेको चेतावनी दिइएको छ ।

प्रहरी प्रशासन मात्र होइन न्याय क्षेत्र पनि नेकपाको इसारामा चल्न थालेपछि अब जनताले कसरी यस्ता व्यक्तिबाट सुशासन र न्यायको प्रत्याभूति गर्ने ? भनेर शाहीले प्रश्न गरेका छन् ।

हुम्ला जिल्लामा भइरहेका सबै खाले विकृति विसंगतिका विरुद्ध अब प्रदेश सभामा आवाज उठाउने उनले बताए । शाही नेपाली कांग्रेसको तर्फबाट कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्ष दलका नेता हुन् ।

शाहस्ले अहिलेसम्म राष्ट्रिय सडक सञ्जालले नजोडिएको नेपालको एक मात्र जिल्लाका रुपमा चिनिएको हुम्लाका जनतालाई रेल पु¥याउने झुठ्ठा आश्वासनभन्दा पनि गाडीको आवश्यकता रहेको बताए ।

कम्युनिस्ट सरकाले रेल ल्याउने कुरा गरेर समय खर्च गर्नुको साटो हुम्ला जिल्लालाई छिटोभन्दा छिटो राष्ट्रिय सडक संजालसंग जोड्नतिर लाग्नुपर्ने नेता शाहीले बताए ।

झण्डै पाँच सय नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको बिरोध सभालाई नेपाली कांग्रेस हुम्लाका सभापति जयपति रोकाया, नेता मंगलबहादुर शाही र पूर्व सांसद रीता शाहीले सम्बोधन गरेका थिए ।

नेपाली कांग्रेसले विरोध सभा गर्ने दिन मंगलबार हुम्लामा भारी हिमपात भएको थियो । हिमपातका बाबजुद पनि नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको थियो ।

Published : Wednesday, 2019 December 18, 9:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया