नेकपाका खम्बा कांग्रेसमा प्रवेश, देउवा आफैले गरे स्वागत

काठमाडौं । सत्रारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बैतडी जिल्लाका प्रभावशाली नेताले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेकपा बैतडीका नेकपाका नेता एवम् नेपाल शिक्षक संगठनका नेता जनकराज भट्ट बिहीबार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा आयोजित विशेष कार्यक्रममा देउवाले भट्टलाई पार्टीमा भित्र्याएका हुन् ।

नेपाली कांग्रेसमा प्रवेश गरेका भट्टलाई देउवाल पार्टीको सदस्यता प्रदान गर्नुका साथै शपथ दिलाएका छन् ।

विगत २८ वर्षदेखि नेपाल शिक्षक संगठन बैतडीमा नेतृत्वदायी भूमिका निर्वाह गरेका पुर्चौडी क्षेत्रका सामाजिक व्यक्तित्व पुर्चौडी नगरपालिका वडा नम्बर ४ भटनाका भट्टले नेकपाको गलत नीतिका कारण देशले दुःख पाएको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको विशेष पहलमा नेकपाका नेता भट्टले नेकपा छाडेर नेपाली कांग्रेस पार्टी रोजेका हुन् ।

Published : Thursday, 2019 December 12, 10:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया