प्रचण्डका कान्छा ज्वाइँ, छोरी र दीपेशद्वारा भीआईपीको सिट दुरुपयोग
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की कान्छी छोरी गंगा दाहाल र उनका पति जीवन आचार्यले दशरथ रंगशालामा मंगलबार भीआईपी बस्ने कुर्सीमा बसेर दुरुपयोग गरेका छन् ।
प्रचण्डकी छोरी गंगा र कान्छा ज्वाइँलाई दशरथ रंगशालामा भीआईपीको सिटमा किन राखेको भनेर सामाजिक सञ्जालमा हँगामा भएको छ ।
जीवन आचार्यले नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद् गगन थापाको पछाडि बसेका छन् ।
प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्यले सामाजिक सञ्जालमा तस्वीर सेयर आफैले सेयर गरेका छन् । उनले कुन हैसियतले भीआईपीको सिट प्रयोग गरेका हुन् ? भनेर सामाजिक सञ्जालमा प्रश्नहरू उठेका छन् ।
जीवन आचार्यको कुनै राजनीतिक हैसियत छैन । उनी सत्तारुढ नेकपाको कनिष्ठ नेता हुन् । उनी मोरङबाट प्रदेश सभामा उम्मेदवार बनेका थिए । पराजित भएका थिए ।
प्रचण्डकी कान्छी छोरी गंगा दाहाल अर्थात जीवन आचार्यकी पत्नीलाई पनि कुन हैसियतले भीआईपी बस्ने सिट दिइएको हो भनेर प्रश्न उठेको छ ।
प्रचण्डको स्वकीय सचिव रहेकी गंगालाई आफ्नो बुबाको पदीय हैसियतका कारण भीआईपीको सिट दिइएको त होला भनेर सामाजिक सञ्जालमा टिप्पणी आएका छन् ।
त्यति मात्रै होइन प्रचण्डका नातिनीहरूले पनि दशरथ रंगशालामा भीआईपीको सिटमा बसेर मजा लिएका छन् ।
भीआईपीको सिट दुरुपयोग गर्नेमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनपनि परेका छन् । उनी नेकपाको भ्रातृ संगठन अखिलका नेता हुन् ।
दीपेशले पनि बुबाको पदीय हैसियतको दुरुपयोग गरेर भीआईपी बस्ने सिटमा बसेका छन् । उनको पनि आलोचना भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया