कम्युनिस्ट सांसद र कर्मचारीहरूको फुटबल कांग्रेसद्वारा बहिस्कार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरू र संसद सचिवालयका कर्मचारीहरूका बीच काठमाडौंमा फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

कम्युनिस्ट सांसद र संसद सचिवालयका कम्युनिस्ट कर्मचारीहरूका बीच मंगलबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल प्रतियोगिता भएको हो ।

कम्युनिस्ट सांसदहरूको टिमलाई कम्युनिस्ट कर्मचारीहरूको टिमले चार गोलले पराजित भयो । कम्युनिस्ट सांसदहरूको फुटबल टिमले एक गोल पनि गर्न सकेन ।

संसद सचिवालयका कर्मचारीहरूको टिमले चार गोल प्रहार गरेको थियो ।

फुटबल प्रतियोगितामा ठूला भुँडी देखाएर मैदानमा आएका कम्युनिस्ट सांसद र कर्मचारीहरूले रमाइलो गरेर फुटबल खेलेका थिए ।

कम्युनिस्ट सांसदहरूको तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र संसद सचिवालयको कर्मचारीहरूको तर्फबाट महासचिव मनोहर भट्टराईले टिमको नेतृत्व गरेका थिए ।

कम्युनिस्ट सांसद र कर्मचारीहरूबीच भएको फुटबल म्याचमा नेपाली कांग्रेसका सांसद र कांग्रेस निकटका कर्मचारीहरू भने सहभागी भएनन् ।

स्रोतका अनुसार कम्युनिस्टहरूले नेपाली कांग्रेसका सांसद र कर्मचारीहरूलाई बोलाएका थिए वा थिएनन् केही भनिएको छैन ।

फुटबल प्रतियोगितामा प्रतिनिधि सभा र राष्ट्रिय सभाका कम्युनिस्ट सांसदहरूको सहभागिता रहेको थियो ।

Published : Tuesday, 2019 December 10, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया