बुटवलमा सल्कियो नेविसंघको विद्रोहको ‘मशाल’, भरियो सडक
बुटवल । बाँके जिल्लाको कोहलपुरमा प्रहरीले विद्यार्थीमाथि गरेको दमन बिरोधमा नेपाल विद्यार्थी संघ (नेविससंघ) रुपन्देहीले बुटवलमा विरोध प्रदर्शन गरेको छ ।
नेविसंघ रुपन्देही जिल्ला समितिको आयोजना र बुटवलमा बिभिन्न क्याम्पसका ईकाइको समन्वयमा मंगलबार बुटवलमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरूले प्रहरी दमनको विरोध गर्दै चर्काे नाराबाजी गरेका छन् ।
उनीहरूले गृहमन्त्री रामबहादुर थापाको समेत राजीनामा मागेका छन् ।
नेविसंघका विद्यार्थी नेताहरू मुक्तिराज पौडेल, जमुना ढकाल, टंक पाण्डे, छाँया पोख्रेल, सुरज क्षेत्री, महेश शर्मा लगायतले कम्युनिस्ट सरकारले विद्यार्थीमाथि गरेको दमन अक्षम्य भएको बताए ।
उनीहरूले गृहमन्त्री राजीनामा दे, विद्यार्थी मार्न पाइँदैन, प्रहरी दमन बन्द गर लगायतका प्ले कार्ड र नाराबाजी गरेका थिए ।
प्रदर्शनमा एम्स कलेज, स्कर्लस होम, कालिका मावि, अक्सफोड कलेज लगायतका विद्यार्थीको बाक्लो सहभागिता रहेको थियो ।
अस्पताललाइनबाट शुरु भएको विद्यार्थीको प्रदर्शनले बजार परिक्रमा गरेको थियो ।
नेविसंघको प्रदर्शन मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्ने नेविसंघका नेताहरूले कम्युनिस्ट सरकारको लाचारीपनका कारण स्कुले विद्यार्थीले पीडा भोग्नुपरेको बताएका छन् ।
उनीहरूले कम्युनिस्ट सरकारले संविधान विपरित कदम चालेको भन्दै कार्यशैली सच्चाउन चेतावनी दिएका छन् ।
आइतबार बिहान ट्रकले ठक्कर दिँदा कक्षा सातमा अध्ययनरत कोहलपुर—१० की प्रकृति चन्द गम्भीर घाइते भएकी छिन् ।
दुर्घटनाको विरोधमा नेपालगञ्ज—कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । प्रहरीले विद्यार्थीमाथि चरम दमन गरेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया