प्रचण्डको जिल्लामा धुन्धुकारी कम्युनिस्ट मेयरविरुद्ध कांग्रेसद्वारा भण्डाफाेर
भरतपुर । चितवन जिल्लास्थित कालिकानगर नगरपालिकाका कम्युनिस्ट मेयर खुमनारायण श्रेष्ठविरुद्ध नेपाली कांग्रेसले आन्दोलन छेडेको छ ।
मेयर श्रेष्ठले जनतालाई नोक्सानी हुने गरेर हर्कत गर्न थालेपछि नेपाली कांग्रेसको कालिका नगर समितिले आन्दोलनको शुरुवात गरेको हो । कांग्रेसले कम्युनिस्ट मेयर श्रेष्ठविरुद्ध आन्दोलन थालेपछि सत्तारुढ नेकपाको होस उडेको छ ।
नेपाली कांग्रेस कालिका नगर समिति मेयर श्रेष्ठका अबैध क्रसर र सडकको पिच गर्दाको अनियमितताको भण्डाफोरमा लागेको छ ।
कालिका नगरपालिकाका मेयर श्रेष्ठलाई बकुलर–सिद्धि सडकको २५ करोडको कालोपत्रे गर्ने क्रममा ठेकेदारलाई कमसल काम गर्न सघाएर कमिशन खाएको आरोप स्थानीयले लगाउँदै आएका छन् । मेयर श्रेष्ठकै संलग्नतामा जुटपानीमा अबैध क्रसल उद्योगहरू सञ्चालनमा रहेको आरोप पनि छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनको कालिकानगर नगरपालिकाका मेयर श्रेष्ठले आफू खुसी शिक्षा क्षेत्रलाई तहस नहस बनाउने गरी ‘नगर शिक्षा ऐन २०७५’ ल्याएपछि नेपाली कांग्रेसले खारेजीको माग गरेको छ ।
नेपाली कांग्रेस कालिका नगर समितिका सभापति राजु श्रेष्ठले अबैध रुपमा ल्याइएको शिक्षा ऐन खारेजीको माग गरेका छन् । नेपाली कांग्रेसका सभापति श्रेष्ठले विज्ञप्ति जारी गरेर नगर शिक्षा ऐन खारेज गर्न चेतावनी दिएका हुन् ।
कम्युनिस्ट मेयर श्रेष्ठले ल्याएका नगर शिक्षा ऐनको वडाध्यक्षहरूले पनि विरोध गरेका छन् ।
सरोकारवाला, वडाध्यक्षहरू र कार्यपालिकाका सदस्यहरूलाई समेत जानकारी नगराई मेयर श्रेष्ठले शिक्षा ऐन ल्याएको आरोप वडाध्यक्ष र नेपाली कांग्रेसले लगाएका छन् ।
नेपाली कांग्रेस र वडाधयक्षहरूले कम्युनिस्ट मेयर श्रेष्ठले जनतालाई गुमराहमा राखेर ल्याएको शिक्षा ऐन लागू गर्न खोज्नु अत्यन्तै अलोकतान्त्रिक भएको बताएका छन् ।
नेपाली कांग्रेस र वडाध्यक्षहरूले कम्युनिस्ट मेयर श्रेष्ठले पञ्चायती शैलीमा शिक्षा ऐन ल्याएको बताए । शिक्षा ऐन खारेजी नगरिए प्रतिकार गर्न बाध्य हुने नेपाली कांग्रेसका नगर सभापति श्रेष्ठले चेतावनी दिएका छन् ।
नगर शिक्षा ऐन खारेजीको माग गरेर नेपाली कांग्रेस कालिका नगर समितले सोमबार मेयर श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । नेपाली कांग्रेसले कानूनी शासन र विधिको शासन उल्लंघन नगर्न चेतनी दिएको छ ।
नगर शिक्षा ऐन एक हप्ताभित्र फिर्ता नलिए नेपाली कांग्रेस कालिका नगर समितिले कम्युनिस्ट मेयर श्रेष्ठका विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
नेपाली कांग्रेसका कालिका नगरका सभापति राजु श्रेष्ठ, नेपाली कांग्रेसका नेता कमल आचार्य, निरुजा श्रेष्ठ तथा नगरका वडाध्यक्षहरूसहितको टोलीले मेयर श्रेष्ठलाई भेटेर ज्ञापन पत्र बुझाइसकेको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित नगरपालिकाका ५ वडा वडाका वडाध्यक्षहरूले पनि नगर शिक्षा ऐन २०७५ आफूहरूलाई कुनै पनि जानकारी नदिइ मेयर श्रेष्ठले ल्याएको आरोप लगाएका छन् ।
ज्ञापन पत्रमा वडा नम्बर १ का वडाध्यक्ष लीलाबहादुर गुरुङ, ४ का वडाध्यक्ष कृष्णकुमार श्रेष्ठ, ५ का वडाध्यक्ष जियन महतो, ९ का वडाध्यक्ष हेमबहादुर क्षेत्री र वडा नम्बर १० का वडाध्यक्ष दिलबहादुर गुरुङको हस्ताक्षर रहेको छ । उनीहरू सबै नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरू हुन् ।
नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जिल्लामा कम्युनिस्टहरूले विधि र विधान विपरितका क्रियाकलापहरू गर्ने कार्यले सीमा नाघ्न थालेको बताए ।
‘दुईतिहाइको दम्भ पालेका कम्युनिस्टहरूले चितवनमा जनताका आधारभूत कुरालाई पूरा गर्नुको साटो व्यक्तिगत स्वार्थमा कम्युनस्ट जनप्रतिनिधिहरू लागेका छन्’, सभापति श्रेष्ठले भने, ‘नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्नेछ । संविधान र कानून विपरित हुने कुनै पनि कार्यको सधैँ खबरदारी गर्नेछौँ ।’

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया