दुईतिहाइको कम्युनिस्ट सरकारले गर्न नसकेको काम भैरहवाका कांग्रेसीले गरे

भैरहवा । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रजातन्त्रको दियोलाई कसैले निभाउन नसक्ने बताएका छन् ।

नेपाली कांग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो नगर भेला तथा साइकलरह्वील चियर वितरण कार्यक्रमलाई शनिबार भैरहवामा सम्बोधन गर्दै उनले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले नागरिकको अधिकार खोस्न खोजेको बताए ।

उनले जनताको पक्षमा नेपाली कांग्रेसका प्रत्येक कार्यकर्ता बलिदान दिन तयार रहेको बताए ।

‘नेपाली कांग्रेस मतमा केही कमजोर देखिएको छ’, उनले भने, ‘तर सधैभरि यो अवस्था रहँदैन । खोलामा कहिले बाढी आउँछ । कहिले त्यही खोलामा सुख्खा पनि हुन्छ ।’

नेपाली कांग्रेसका प्रमुख सचेतक खाँणले कम्युनिस्ट सरकारले गर्नुपर्ने काम नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर पनि गरेको बताए ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले व्यक्ति बलियो र पार्टीलाई कमजोर बनाउन नपाइने बताए ।

उनले कम्युनिष्ट सरकार संविधानलाई कमजोर बनाउने कार्यमा लागेको आरोप लगाए ।

सभापति रज्जाकले कम्युनिष्टहरू लोकतन्त्रवादी हुन नसक्ने बताए ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मातृकाप्रसाद यादवले पार्टी एकढिक्का नहुँदा सरकारको नेतृत्वले अन्य दलले गर्नुपरेको बताए । उनले पार्टीको संगठनलाई अझ मजबुत बनाउनुपर्ने बताए ।

नेपाली कांग्रेस सिद्धार्थनगरका सभापति दिलिप धितालले उपनिर्वाचनमा नेपाली कांग्रेसले लालकिल्ला भत्काउन सफल भएको बताए ।

नेपाली कांग्रेस सिद्धार्थनगर समिति सदस्य कोशिष खड्काले अबको दिनमा सबै मिलेर गए नेपाली कांग्रेसलाई कुनै पनि शक्तिले हराउन नसक्ने बताए ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका अन्तर्गत विभिन्न वडाका विपन्न तथा अपांगता भएका व्यक्तिहरूलाई ४४ वटा साइकल तथा ५ वटा ह्वील चेयर वितरण गरिएको थियो ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई उपेक्षा गरिरहेका बेला नेपाली कांग्रेस सिद्धार्थ नगर समितिले निःशुल्क रुपमा साइकल र ह्वील चेयर वितरण गरेर सानो भएपनि सहयोग गरेको छ ।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याएको भन्दै विभिन्न व्यक्तित्वहरूलाई कदरपत्रबाट सम्मान गरिएको थियो ।

Published : Sunday, 2019 December 8, 7:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया