‘रुख’ चिन्हमा भोट हाल्ने दाङका मतदातालाई दिए युवा नेता खनालले धन्यावाद

घोराही । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले दाङको उपनिर्वाचनमा सहभागी सबै मतदाताहरूलाई धन्यावाद दिएका छन् ।

युवा नेता खनालले शनिबार साँझ प्रेस नोट जारी गरेर मतदाताका साथै निर्वाचनमा खटिएका नेपाली कांग्रेस दाङका नेता तथा कार्यकर्ता, सर्वसाधारण, सुरक्षा निकाय, निर्वाचनमा खटिएका राष्ट्र सेवक कर्मचारी सबैलाई धन्यावाद दिएका हुन् ।

‘आदरणीय सम्पूर्ण दङ्गगाली आमाबुवा, दिदीबैनी, दाजुभाईहरू दाङ क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश सभा निर्वाचन र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा उत्साहजनक रुपमा सहभागी भई मतदान गर्नुभएकोमा सम्पूर्ण मतदाता र सहभागी सबैमा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछु’, नेपाली कांग्रेसका युवा नेता खनालले भनेका छन् ।

‘हारजित आ–आफ्नो ठाँउमा छ’, उनले भनेका छन्, ‘दाङको विकासका लागि जनप्रतिनिधिहरूले मतदातासमक्ष गरेको प्रतिवद्धतालाई भुल्नु हुँदैन ।’

नेपाली कांग्रेसका युवा नेता खनालले प्रदेश ५ को राजधानी दाङलाई बनाउने भनेर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जितेर गएका कम्युनिस्टहरूलाई मतदाता समक्ष गरेको प्रतिवद्धता पनि स्मरण गराएका छन् ।

दाङ जिल्लाको आर्थिक विकास, युवा मैत्री योजना, सामाजिक सुरक्षा, खेलकुदको विकास तथा जिल्लाको समग्र विकास एवम् सम्बृद्ध दाङ निर्माण गर्ने प्रतिबद्ध सबैमा रहनुपर्ने उनको भनाइ छ ।

नेपाली कांग्रेसले दाङमा उपनिर्वाचनमा क्षेत्र नम्बर ३ ‘ख’ गुमाएको थियो । घोराही उपमहानगरपालिकाको वडा नम्बर १६ मा वडाध्यक्षमा भने जितेको छ ।

यसअघि वडा नम्बर १६ मा तत्कालीन एमालेले जितेको थियो । यस पटक नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारलाई हराएर कब्जा जमाएको छ ।

दाङ क्षेत्र नम्बर ३ ‘ख’ यसअघि पनि तत्कालीन एमालेले जितको थियो । उपनिर्वाचनमा पनि सो क्षेत्र सत्तारुढ नेकपाले यथावत राखेको छ ।

नेकपाले स्व.उत्तरकुमार वलीकी पत्नी विमला खत्रीलाई उम्मेदवार बनाएर सहानुभूतिको भोट पाएर क्षेत्र नम्बर ३ ‘ख’मा जित्न सकेको हो ।

दाङ जिल्ला संसद सचिवालयकी महिला कर्मचारीलाई जबरजस्ती भ्याउने नेकपाका सांसद कृष्णबहादुर महरा र प्रदेश ५ का कम्युनिस्ट मुख्यमन्त्री शंकर पोखरेलको गृहजिल्ला पर्छ ।

Published : Sunday, 2019 December 8, 7:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया