अन्तरघातीलाई कारबाही गरेर छाड्छुः देउवा
भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गरेरै छाड्ने चेतावनी दिएका छन् ।
नेपाली कांग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो नगर भेलालाई सम्बोधन गर्दै देउवाले अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने बताए ।
देउवाले पार्टीमा बसिरहने र अन्तरघात पनि गर्नेहरू कारवाही गर्नुपर्ने बताए ।
‘अन्तरघात गरेर पार्टीलाई हराउन लाग्ने नेता कार्यकर्तालाई कसैले कुनै हालतमा बचाउनु हुुँदैन’, उनले भने, ‘कारवाही नभएसम्म पार्टी हार्दै जान्छ ।’
उपनिर्वाचनमा नेपाली कांग्रेसले विशेष गरी धरानमा कम्युनिष्टको लालकिल्ला तोड्न सफल भएको देउवाले बताए ।
उनले भने, ‘विगतदेखि पार्टीले पराजय भोग्दै आएको स्थानमा चुनाव जित्नु ठूलो सफलता हो ।
कास्की र दाङमा सहानुभूतिका कारण पनि नेकपाका महिला उम्मेदवारहरू निर्वाचित भएको उनको भनाइ थियो ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले दुईतिहाइको कम्युनिस्ट सरकारले नागरिकको अधिकार खोस्न खोजेको आरोप लगाए ।
‘कांग्रेस मतमा केही कमजोर देखिएको छ’, सभापति देउवाले भने, ‘सधै यस्तो रहँदैन । खोलामा कहिले बाढी आउँछ, कहिले सुक्छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया