तरुण नेताहरूद्वारा रायमाझीसँग अस्पतालमा भेट, स्वास्थ्य लाभको कामना
काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीसँग भेटेर नेपाल तरुण दलले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ ।
आफ्नै घरमा लडेर घाइते भएका कांग्रेस नेता रायमाझीको काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाइँ र नेपाल विद्यार्थी संघ(नेविसंघ)का नेता राजिव ढुंगानाले शनिबार अस्पतालमै पुगेर कांग्रेस नेता रायमाझीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।
नेपाल तरुण दलका उपाध्यक्ष चापागाइँका अनुसार राष्ट्रिय सभाका सांसद रायमाझीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।
‘घरमै लडेर घाइते हुनुभएको रहेछ’, चापागाइँले भने, ‘उपचारमा संलग्न चिकित्सकहरूले धेरै सुधार भएको जानकारी दिए । उहाँले पनि धेरै सुधार भएको हामीलाई जानकारी दिनुभयो ।’
नेपाल तरुण दलका नेताहरूले रायमाझीलाई स्वास्थ्य लाभको कामना गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया