दुई दर्जन बढी डीएसपीहरूको काज सरुवा (नाम)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षकहरू (डीएसपी)को काज सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार भएको निर्णय अनुसार डीएसपीहरूको काज सुरुवा गरिएको हो ।

डीएसपी दिलिपकुमार गिरीलाई प्रदेश ३ को तालिम केन्द्र दुधौलीबाट ईलाका प्रहरी कार्यालय पथरी मोरङ काज सरुवा गरिएको छ ।

१ नम्बर प्रदेश दंगा नियन्त्रण गण दुहबी सुनसरीमा दरबन्दी रहेका एक नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरी सरुवा गरिएको छ ।

डीएसपी प्रदीपबहादुर क्षेत्रीलाई कर्णाली सशस्त्र प्रहरी गणबाट ३ नम्बर प्रहरी तालिम केन्द्र दुधौली सरुवा गरिएको छ ।

रेवतीरमण पोखरेललाई प्रहरी परिसर भक्तपुरबाट जिप्रका दोलखा सरुवा गरिएको छ ।

भक्तपुरमा थानकोटमा बृत्तका कुमारविक्रम थापालाई ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत मानबहादुर राईलाई जिल्ला प्रहरी कार्यालय मोरङ सरुवा गरिएको छ ।

जिप्रका मोरङमा रहेका घनश्याम श्रेष्ठलाई थानकोट बृत ल्याइएको छ ।

प्रहरी प्रशिक्षण कार्यालय महाराजगञ्जमा दरबन्दी रहेपनि धनुषामा कार्यरत सन्दुलालप्रसाद जैसवारलाई ईलाका प्रहरी कार्यालय मिर्चैया सिराहामा काज गरिएको छ ।

मिर्चैयामा कार्यरत सुकदेव खनाललाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो काज गरिएको छ ।

ब्युरोमा कार्यरत टंकप्रसाद भट्टराईलाई जिल्ला प्रहरी कार्यालय बाजुरा काज पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत अर्जुन रानाभाटलाई ईलाका प्रहरी कार्यालय हंशपुर कास्कीमा काज सरुवा गरिएको छ ।

हेटौँढडा कार्यरत मोहनबहादुर खाँणलाई पूर्व नवलपरासी जिल्ला प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा कार्यरत डिएसपी रुपेश खड्कालाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा काज सरुवा गरिएको छ ।

ओखलढुङ्गामा कार्यरत पुष्पराज मल्ललाई जिल्ला प्रहरी कार्यालय बर्दियामा काज सरुवा गरिएको छ ।

२ नम्बर प्रदेश कार्यालय जनकपुरमा कार्यारत ज्ञानकुमार महतोलाई ईलाका प्रहरी कार्यालय गरुडाबजार रौतहटमा काज सरुवा गरिएको छ ।

५ नम्बर प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय कोहलपुर बाँकेमा कार्यरत डीएसपी तुलसीराम अर्याललाई महानगरीय प्रहरी पहरा जण सामाखुसीमा सरुवा गरिएको छ ।

चितवन प्रहरीमा कार्यरत डीएसपी शालिग्राम शर्मालाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग काज सरुवा गरिएको छ ।

बर्दियामा कार्यरत रामशंकर कोहारलाई ५ नम्बर प्रहरी प्रदेश कार्यालय दाङमा काज सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा कार्यरत कोमल शाहलाई महानगरीय प्रहरी सर्वोच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी ईकाइ रामशाह पथमा काज सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा कार्यरत यादव ढकाललाई वडा प्रहरी कार्यालय कास्की बैदाम काज सरुवा गरिएको छ ।

बारामा कार्यरत रंजितसिंह राठौरलाई बालाजु बृत्तमा काज सरुवा गरिएको छ ।

बालाजु बृतमा कार्यरत बालनरसिंह राणालाई प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा काजमा तानिएको छ ।

ललितपुर प्रहरी परिसर अन्तर्गत सातबोटो बृतका डीएसपी गौतम मिश्रलाई जिल्ला प्रहरी कार्यालय बारामा काज सरुवा गरिएको छ ।

सातदोबाटेमा गोरखामा कार्यरत मित्रबन्ध शर्मालाई ल्याइएको छ ।

केन्द्रीय समाचार कक्षमा कार्यरत शरतकुमार थापा क्षेत्रीलाई ईलाका प्रहरी कार्यालय लहान सिराहामा काज पठाइएको छ ।

ईलाका प्रहरी कार्यालय लहान सिराहामा कार्यरत डीएसपी भेषराज रिजाललाई जिल्ला प्रहरी कार्यालय गोरखा सरुवा गरिएको छ ।

Published : Saturday, 2019 December 7, 11:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया