आठ जना एसपीहरूको काज सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आठ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ ।

काज सुरुवाका क्रममा चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले धादिङका प्रहरी उपरीक्षक (एसपी) राजकुमार बैदवारलाई पुलिस एकेडेमीमा ल्याएको छ ।

पुलिस एकेडेमीका एसपी रविन्द्र रेग्मीलाई धादिङ काज सरुवा गरेको छ ।

सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई कानून शाखामा ल्याइएको छ । सर्लाहीमा विश्वमणि पोखरेललाई पठाइएको छ ।

काभ्रेका एसपी जयराज सापकोटालाई दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर सरुवा गरिएको छ ।

ट्राफिक महाशाखाका एसपी रवि पौडेललाई काभ्रे पठाइएको छ ।

स्याङजाका एसपी राजकुमार लम्साल हेर्डक्वाटर तानिएका छन् । प्रहरी मुख्यालयको कानून शाखाका एसपी जनार्दन जिसीलाई स्याङजा पठाइएको छ ।

Published : Saturday, 2019 December 7, 10:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया